निम्छरो बन्दै मजदुरका नारा

निम्छरो बन्दै मजदुरका नारा

जतिबेला श्रमजीवी वर्गले आफ्नो अधिकार के हो ? भनेर भर्खर–भर्खर सुसूचित हुन प्रारम्भ गरे। त्यस्तो अवस्थामा उठेको ८ घन्टा काम, ८ घन्टा आराम र आठ घन्टा मनोरञ्जनको नारा मजदुरले बोके। अमेरिकाको सिकागो सहरका श्रमिकहरूले गरेको त्यो मजदुर आन्दोलनमाथि भीषण दमन भयो। तत्पश्चात् प्राप्त सफलताको सम्झनामा विश्वव्यापी रूपमा मजदुर वर्गले मनाउने गरिएको छ मे दिवस। जसले संसारभरिका मजदुरवर्गको जीवनमा ठूलो अर्थ राख्छ। यसर्थ सिकागो मजदुर आन्दोलनभन्दा पहिलाका श्रमिकहरूले दिनमा १८ देखि २० घन्टासम्म काममा लाग्नुपर्ने बाध्यता बेहोरिरहेका थिए। जसविरुद्ध भएको सिकागो आन्दोलन नै त्यस्तो आन्दोलन थियो, जुन आन्दोलनको सफलतापछि अमेरिकाका श्रमजीवी जनताको जीवनमा आमूल परिवर्तन आयो।

अमेरिकास्थित सिकागो सहरका मजदुरहरूले देखाएको त्यो वीरतापूर्ण आन्दोलनको सन्देशले विश्वव्यापी रूपमा ठूलो हलचल पैदा गर्‍यो। फलस्वरूप लेनिनको नेतृत्वमा रुसमा सन् १९१७ को अक्टोबर क्रान्ति सम्पन्न भयो। विश्वकै इतिहासमा पहिलोपटक श्रमजीवीवर्गको समाजवादी राज्य सत्ता स्थापना भयो। हुनतः सन् १८७० मा भएको पेरिस कम्युनको विद्रोहले पनि मजदुर वर्गीय सत्ता हासिल गरे तर त्यो ७२ दिनमै ढल्न पुग्यो। रुसमा लेनिनको नेतृत्वमा भएको क्रान्तिले भने दीर्घकालीन रूप धारणा गर्‍यो। त्यति मात्र होइन, रुसी क्रान्ति मजदुरवर्गको नेतृत्वमा भएको व्यवस्थित क्रान्ति पनि थियो। अक्टोबर क्रान्तिको प्रेरणाबाट पछि अरू धेरै देशमा कम्युनिस्ट पार्टीको नेतृत्वमा समाजवादी क्रान्तिहरू सम्पन्न भए। हालसम्म आइपुग्दा त्यो एउटा इतिहासमा सीमित भएको छ।

यसरी मे दिवसले श्रम क्षेत्रमा एउटा युगान्तकारी परिवर्तन ल्याएको छ। आजको बढ्दो श्रम सहज समाजको श्रेय र परिकल्पनाको खाका यसै दिनबाट सुरु गरिएको हो। यसर्थ, शनिबारको दिन घरमा आरामले बसिरहँदा साताको एक दिनको बिदा अनि कार्यालय समयको निर्धारण गरियो। सोहीअनुसार कार्यालय समय ८ घन्टा गराउन यसै दिन धेरै जना श्रमिकले ज्यान गुमाए। अमुक श्रम सहिदको सम्झना पनि गर्न जरुरी छ। विगत वर्षहरूमा झैं यो वर्ष पनि नेपाली श्रमबजारमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ को रौनकता देखिएको छ। विश्वभरिका श्रमिकहरूले आफ्नो विजय उत्सवको रूपमा मनाइने यो दिवसले सधैं उत्तिकै महŒव राख्छ।

अतः विश्वमा पहिलोपटक आफ्नो वर्गको अधिकार स्थापना गर्न सफल भएकाले यो दिनले विश्वव्यापी महŒव पाएको हो। यो दिवसले १ सय ३५ वर्ष पार गरी १३६औं वर्षमा प्रवेश गर्न लागेको छ। नेपालको सन्दर्भमा कुरा गर्ने हो भने पनि नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीको साथ नहुने भए २००७, २०४६ र २०६३ सालका आन्दोलन सफल नहुने पक्का थियो। अब त श्रमको परिभाषा नै फराकिलो भएको छ। जसमा धेरै नेपाली अटाउँछौं। विदेशमा गरेको श्रमबाटै आउने विप्रेश्रणले नेपालको अर्थतन्त्रलाई टेवा दिएको छ। यस अर्थमा हामीले लगाएको, खाएको, बोकेका धेरै सामग्री श्रमिक दाजुभाइकै पसिनाको उपज हो। देश चलेका करमध्येको अधिकांश हिस्सा तिनै श्रमिक दाजुभाइको पसिनाको उपज हो।

देश स्वयंले श्रम अनि श्रमिकलाई कति सम्मान गर्न खोजेको छ ? भन्ने कुरा एयरपोर्टबाटै सुरु हुने लुटतन्त्रबाट थाहा हुन्छ। अनि वैदेशिक कामदारको बहिर्गमन प्रक्रियामा भएको दलालतन्त्र अनि सरकारी उदासीनताबाट पनि थाहा हुन्छ। विगतमा जस्तो शारीरिक शक्तिले मात्र गरिने उत्पादन पद्धतिमा फरक आई मानसिक शक्तिले ठाउँ ओगट्ने प्रक्रिया बढिरहेको छ। अहिले उत्पादन क्षेत्रमा वैज्ञानिक पद्धति प्रवेश गरिसकेको छ। पहिला धेरै उत्पादनलाई धेरै श्रम शक्ति लगाउनुपर्ने अवस्था थियो। अहिले थोरै श्रमबाट धेरै उत्पादन गर्न सक्ने प्रविधिको विकास भएको छ। अहिले आणविक ऊर्जाको जमाना छ। विद्युतीय सञ्चारजगत्ले विश्वमा व्यापक काम गरेको छ। वर्तमान युग साइबर युग बनेको छ।

वर्तमान विश्वमा श्रमिक आन्दोलनभन्दा जातीय, धार्मिक आन्दोलन प्रबल बन्दै गएका छन्। आतंकवादले विश्व हल्लाइरहेको अवस्था छ। नयाँ–नयाँ आर्थिक शक्ति राष्ट्रहरूको उदय भइरहेको छ। आर्थिक विकासको गति नयाँ क्षेत्रहरूमा सरिरहेको छ भने श्रमिक आन्दोलनको प्रकृति पनि परिवर्तन भएको छ। यस्तो अवस्थामा देशको ट्रेड युनियन आन्दोलनको नेतृत्व पंक्तिले पनि श्रमिक आन्दोलनको ढाँचालाई नयाँ ढंगले रूपान्तरण गर्नुपर्ने जरुरी भएको छ।

कोरोना भाइरसको महामारीले विश्वका झन्डै ५० प्रतिशत कामदारको रोजीरोटी खोसेको तथ्य सार्वजनिक भएको छ। महामारीका कारण अधिकांश मुलुक रोजगारीको अवसरमा पूर्ण एवं आंशिक कटौती भएको भएको अनुमान सम्बन्धित क्षेत्रका विज्ञको छ। यसबाट विश्वभर २ अर्ब ७० करोड मजदुर प्रभावित बनेको अनुमान छ। जसमध्ये १ अर्ब ६० करोडको जीविका कोरोनाले खोसेर भोकभोकै बस्नुपर्ने अवस्थामा पुर्‍याएको छ।

कोरोना संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन। देशमा पहिले नै ११ प्रतिशत बेरोजगारीको स्थिति थियो। यसले गर्दा झनै बेरोजगारीको संख्या बढ्ने देखिन्छ। जसले स्वदेश तथा विदेशमा रहेका नेपालीको मजदुरीमा झन् जटिल हुने अवस्था देखिन्छ। यसका साथै अहिले विश्वका मजदुर एक होऔं भन्ने नारा निम्छरो बन्दै गएको छ। यो नारा तत्कालीन अवस्थामा कार्लमाक्सले मजदुर वर्गीय चरित्र र मर्मलाई केन्द्रमा राखेर उद्घोष गरेका थिए। तर, अहिले बढ्दो एनजीओकरणका कारण यो नारालाई आत्मसात गर्ने प्रवृित्तमा कमी आएको छ। अहिले विश्वव्यापी रूपमा ट्रेड युनियन आन्दोलनमा देखिनुपर्ने जुझारुपन र प्रतिरोधात्मक चरित्रमा कमी आएको छ।

ट्रेड युनियन आन्दोलनमा पनि खुलाबजार अर्थनीतिको प्रभाव परेको छ। श्रमजीवी वर्गको चिन्तन प्रणालीमा पनि अवसरवादी र उपभोक्तावादी प्रवृित्त देखापरेको छ। समाजको अन्य क्षेत्रमा जस्तै यस क्षेत्रमा पनि भ्रष्टाचार मौलाएको छ। अहिले देशको ट्रेड युनियन आन्दोलनमाथि दोहोरो जिम्मेवारी सिर्जना भएको छ। एकातिर आन्तरिक रूपमा आफैंभित्र निरन्तर भ्रष्ट हुँदै गएको चिन्तन प्रणाली र चरित्रलाई शुद्धीकरण गर्नु जरुरी छ। बाह्य रूपमा लामो समयदेखि अस्थिर बनेको राजनीतिक खिचातानी अन्त्य गर्नु आवश्यक छ। श्रमजीवी वर्गको पक्षमा नयाँ संविधानको कार्यान्वयन र स्थानीय स्तरलगायत तीनै तहको सरकार चलाखो हुनुपर्ने बेला आएको छ। यी सबै जिम्मेवारी त्यतिबेला मात्र पूरा गर्न सक्षम हुनेछ। जतिबेला मजदुर आन्दोलनका प्रगतिशील तथा अग्रगामी शक्तिहरू एक जुट भई अघि बढ्नेछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.