मिथिलामा एमाले विवाद उत्कर्षमा : बैठकमै रघुवीर महासेठलाई हुलहुज्जत

मिथिलामा एमाले विवाद उत्कर्षमा : बैठकमै रघुवीर महासेठलाई हुलहुज्जत

ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिकामा नेकपा एमाले भित्रको विवाद उत्कर्षमा पुगेको छ। अन्तिम समयमा निवर्तमान मेयर हरिनारायण महतोको टिकट खोसिएपछि सुरु भएको विवाद चरम उत्कर्षमा पुगेको हो।

आइतबार लालगढस्थित पुकार होटेलमा बसेको चुनाव परिचालन कमिटीको बैठकमा पुगेका एमालेका केन्द्रीय सचिव रघुवीर महासेठलाई हरिनारायण पक्षधर कार्यकर्ताहरुले हुलहुज्जत गरेका छन्। उनीहरुले बैठकमै महासेठ विरुद्ध चर्को नाराबाजी गरेका थिए।

बैठकमा महासेठले बोल्न सुरु गरेलगत्तै हरिनारायण पक्षधर कार्यकर्ताहरुले गालीगलौज गर्दै होहल्ला सुरु गरेपछि तनाव उत्पन्न भएको थियो। विवादमा हात हालाहालको अवस्था सृजना भएपछि बैठक स्थगित गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। उनका अनुसार महासेठलाई कालोमोसो दल्ने तयारीसमेत भएको थियो।

यता हरिनारायणलाई नगर कमिटीले एकल सिफारिस गरेको निर्णयलाई पुरानै मितिमा राजाराम महतोको नाम राखेर उल्ट्याउन खोजेपछि विवाद भएको पार्टीको नगर कमिटी सदस्य कामेश्वर महतोले बताए। उनका अनुसार यसअघि एमालेको नगर कमिटी, प्रदेश क्षेत्रले नगरप्रमुख पदको उम्मेदवारका लागि हरिनारायणको एकल सिफारिस गरेको थियो। तर रघुविर महासेठले चलखेल गरेर मनोनयन दर्ताको अन्तिम दिन हरिनारायणलाई बाइपास गरेर राजाराम महतोलाई टिकट दिएको हरिनारायण पक्षधर नेताकार्यकर्ताको आरोप छ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका हरिनारायण महतोले कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै मिथिला नगरपालिकाको मेयरमा विजयी भएका थिए। मेयरका लागि उनले दोस्रो पटक दोहोरिन पार्टीमा आकांक्षा राखेका थिए। सोही अनुरुप उनलाई नगर कमिटीको बैठकबाट सर्वसहमतीले मेयरको उम्मेदवारका लागि सिफारिस गरेको थियो।

तर अन्तिम समयमा राजारामलाई टिकट दिएर उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका हरिनारायणले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। पछिल्लो समय मधेसमा एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वास पात्र मानिएको हरिनारायणले पार्टीको निर्णय विरुद्धमा उभिएपछि उनलाई फकाउन ओलीले काठमाडौं नै बोलाएका थिए। 

ओलीसँग सहमतिपछि हरिनारायणले आफ्नो उम्मेदवारी फिर्ता लिए। तर आईतबार भएको विवादले मिथिला नगरपालिकामा एमाले भित्रको असन्तुष्टि छताछुल्ल भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.