चुनावका लागि फर्किन थाले विस्थापित
नुवाकोट : सात वर्ष अगाडिको विनासकारी भूकम्प र दुई वर्षदेखिको कोरोनाका कारण नुवाकोट र रसुवाका विभिन्न गाउँबाट विस्थापित भएकाहरु मतदान गर्ने दिन नजिककिएसंगै पुरानै थलो फर्कन थालेका छन्। भूकम्प र कोरोनाका कारण आफ्नो परिवारको रोजीरोटीका लागि दुवै जिल्लावाट हजारौंको संख्यामा युवा तथा सर्वसाधारण विदेश तथा काठमाडौं र देशकै अन्य शहरहरुमा रोजगारीका लागि पुगेका थिए।
नुवाकोट र रसुवाका विस्थापितहरु दुई सातादेखि दुई महिनासम्मको बिदा लिएर बैशाख ३० गते हुने मतदान गर्नका लागि पुरानै ठाउँ पुगिरहेका छन्। नुवाकोट र रसुवाकै विभिन्न स्थानमा बसिरहेका भूकम्प तथा कोरोना प्रभावित आआफ्ना उम्मेदवारलाई मतदान गर्न गाउँ फर्किएका हुन्।
बैशाख ३० गते स्थानीय तहको चुनावमा भोट हाल्नका लागि विस्थापितहरु गाउँ फर्किएका हुन्। देश तथा जिल्ला बाहिर तथा सदरमुकाम र अन्य शहरमा रोजगारी गरिरहेकाहरु गाउँ पुगेर मतदान गर्न धमाधम गाउँ फर्किरहेका छन्।
प्रतिक्रिया दिनुहोस !