जन्ती बोकेको जीप दुर्घटना, तीन जनाको मृत्यु

जन्ती बोकेको जीप दुर्घटना, तीन जनाको मृत्यु

गोरखा : बेहुली लिएर गोरखाबाट चितवन जाने क्रममा जीप दुर्घटना हुँदा तीन जना जन्तीको मृत्यु भएको छ। गोरखाको सिरानचोक गाउँपालिका-४ आरुबोटेको फिरफिरे भीरमा सोमबार साँझ भएको बा१४च ७८१ नम्बरको स्कार्पियो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए।

मृत्यु हुनेमा बारपाक सुलीकोट गाउँपालिका ६ चनौटेका ५० वर्षका देवीप्रसाद पोखरेल, लम्जुङ दुराडाँडा घर भई हाल काठमाडौँ महानगरपालिका १६ बस्ने ५१ वर्षका कमल न्यौपाने र कावासोती १४ का ८० वर्षका उत्तरकुमार सिग्देल रहेको एसपी खनालले बताए। 

घटनास्थलमा रहेका लक्ष्मण देवकोटाका अनुसार घाइते तीन जना जीप खसेको ठाउँबाट हिँडेर यथास्थानमा आएका छन्। अवस्था सामान्य छ।

प्रहरीका अनुसार चालकले ओरालोमा जीप स्टार्टमा राखेर यात्रु चढाउन थालेको तर आफूभित्र नबस्दा जीप गुडेर भीरबाट करिब दुईसय मिटर तल खसेको थियो।

साँझ अबेर जिल्ला प्रहरी कार्यालयबाट डीएसपी लीलाराज लामिछाने नेतृत्वको टोली घटनास्थलमा पुगेको छ। चालक घनश्याम काफ्ले प्रहरी नियन्त्रणमा रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.