दूर्गममा बर्थिङ सेण्टर सञ्चालनका लागि सामग्री हस्तान्तरण

दूर्गममा बर्थिङ सेण्टर सञ्चालनका लागि सामग्री हस्तान्तरण

गोरखा : किमोलुङ फाउण्डेशन नेपालले छेकम्पारमा बर्थिङ सेण्टर सञ्चालनका लागि सहयोगी सामग्री हस्तान्तरण गरेको छ। तिब्बतसँग सीमा जोडिएको सो गाउँको स्वास्थ्य चौकीमा बर्थिङ सेण्टर सञ्चालन गर्न आवश्यक पर्ने डेलिभरी बेड, सुचन मेसिन, इन्कुबेटर, ब्लडप्रेशर नाप्ने सेटलगायतका छ प्रकारका सामग्री हस्तान्तरण गरिएको फाउण्डेशनका अध्यक्ष वाङचुक राप्तेन लामाले जानकारी दिए।

सो सामग्री अध्यक्ष लामाले चुमनुब्री गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रेम गुरुङ, वडाअध्यक्ष पासाङ फुञ्जो लामालाई हस्तान्तरण गरेका हुन्। यसअघि छेकम्पारमा बर्थिङ सेण्टर नहुँदा घरमै सुत्केरी गराउने गरिएको थियो। जटिल अवस्थाका सुत्केरी गराउनु पर्ने हेलिकोप्टर चार्टर गरी काठमाडौँ लानुपर्ने बाध्यता थियो।

लार गाउँको ग्रामीण स्वास्थ्य इकाइमा रहेको बर्थिङ सेण्टर विभिन्न समस्याका कारण बन्द भएको थियो। ‘दुर्गम ठाउँमा गर्भवती महिलाको स्वास्थ्य जाँच र स्वास्थ्य चौकीमा सुत्केरी गराउने सुविधा प्रदान गर्न सामग्री हस्तान्तरण गरिएको हो’, लामाले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.