जेठ २ गतेदेखि गोरखामा रोट महोत्सव

जेठ २ गतेदेखि गोरखामा रोट महोत्सव

गोरखा : गोरखनाथ मन्दिरमा जेठ २ गतेदेखि १२ गतेसम्म सवालाख रोट महोत्सव हुने भएको छ। मंगलबार पत्रकार सम्मेलन गरी सिद्धाश्रम शक्ति केन्द्रले १९ औँ रोट महोत्सव गर्न लागेको केन्द्रका केन्द्रीय अध्यक्ष रामजी अर्यालले जानकारी गराए।

गुरु गोरखनाथ प्रकट भएको दिनकोरुपमा हरेक वर्ष सिद्धाश्रम शक्ति केन्द्रले बैशाख पूर्णिमादेखि ११ दिनसम्म रोट महोत्सव गरेर रोट अर्पण गर्दै आएको छ। गोरखा दरवारमा सञ्चालन हुने रोट महोत्सव विगत दुईवर्ष कोरोनाका कारण खासै उल्लासमय हुन सकेको थिएन। दुई वर्षसम्म नित्य पूजा अन्तर्गत रोट चढाइएको थियो। अहिले भने कोरोनाको त्रास कम भएकाले भक्तजनको उल्लेख्य उपस्थिति रहने केन्द्रका अध्यक्ष अर्यालले बताए।
 

१७ औँ र १८ औँ रोट महोत्सवमा आयोजकबाहेक भक्तजनले रोट चढाउन पाएका थिएनन्। कोभिडका बेला गोरखाका स्थानीयको सहयोगमा रोट महोत्सव सफल भएको थियो। ‘अबपनि रोट महोत्सव सफल बनाउन हामीलाई सबैको साथ सहयोग चाहिएको छ’, अध्यक्ष अर्यालले भने। यो पटक २० देखि २५ हजार भक्तजन रोट महोत्सवमा सहभागी हुने अपेक्षा आयोजकको छ। महोत्सव गर्न लाग्ने खर्च हरेक वर्ष शक्ति केन्द्र, साधक, साधिक, भक्तजन र स्थानीय समाजसेवी, संघ संस्थाबाट स्वेच्छिक रुपमा संकलन गरिने केन्द्रले जनाएको छ।  

गोरखनाथ र गोरखकाली मन्दिर परिसरमा भजन, किर्तन, पूजापाठ गरेर सयौँ भक्तजनको उपस्थितिमा रोट महोत्सव हुने सिद्धाश्रम शक्ति केन्द्र सम्पर्क कार्यालय गोरखाका संयोजक किशोरकुमार अकेलाले बताए। रोट महोत्सवले गोरखाको धार्मिक पर्यटनको बिकासमा पनि मद्धत पुग्ने जेष्ठ नागरिक संघका अध्यक्ष मोहनलाल श्रेष्टले बताए। उनले जेष्ठ नागरिक जिल्ला संघ गोरखाबाट रोट महोत्सवका लागि २५ हजार सहयोग गर्ने घोषणा पनि गरेका छन्।

गोरखनाथ मन्दिरका मुख्य पुजारी प्रदीपनाथ योगीले रोट महोत्सव गोरखाको उत्सव भएको बताउँदै यसले मानिसमा आध्यात्मिक चिन्तको विकास समेत गराएको बताए। रोट महोत्सवमा आउने भक्तजनलाई सिद्धाश्रम शक्ति केन्द्रले खान बस्न नि:शुल्क ब्यवस्थासमेत गर्ने भएको छ। देशका विभिन्न ठाउँबाट भक्तजनहरु गोरखा आउने अपेक्षा गरिएको केन्द्रकी साधिका विन्देश्वरी बरालले बताईन्। 

गोरखनाथलाई सबैभन्दाबढी मनपर्ने भएकाले रोट चढाएर खुसी बनाउन सकेमा विश्वमा कुनै संकट आईनपर्ने धार्मिक विश्वास छ। पहिलो दिन जेठ २ गते बाजागाजासहित गोरखा बजारबाट गोरखनाथ मन्दिरसम्म रथयात्रा गरिनेछ। 

चामल तथा गहुँ, जौको पिठोमा जाईफल, काजु, ल्वाङ, सुकुमेल, दाख, चिनी, खुदो, नरिवल, किसमिसलगायत ५२ थरीका शक्तिबद्र्धक मसला आदि मिसाएर पकाई रोट बनाइन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.