पाँच दलीय गठबन्धन हाम्रो इच्छाले गरिएको हैन : नारायणकाजी

पाँच दलीय गठबन्धन हाम्रो इच्छाले गरिएको हैन : नारायणकाजी

मादी : नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले संघीयता र लोकतन्त्र रक्षाका निम्ति पाँचदलीय गठबन्धन निर्माण भएको बताए। बुधबार संखुवासभाको मादीमा भएको जनसभालाई सम्बोधन गर्न आएका श्रेष्ठले यस्तो बताएका हुन्।

 
पाँच दलीय गठबन्धन हाम्रो कामनाले इच्छाले गरिएको गठबन्धन नभएको बताए। उनले भने नेपालमा ६ दशक लामो संघर्ष गरेर, जनयुद्ध र जनआन्दोलनको संयोजनमा ल्याइएको परिवर्तन र लोकतन्त्रलाई उल्ट्याउने कदम चालिन थालेपछि त्यो प्रतिगमनलाई असफल पार्न र त्यसबेलाको माग बमोजिम पाँचदलीय गठबन्धन गरिएको हो। नेपाली जनताले रगत पसिना बगाएर प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्न गठबन्धन बनेको बताए।

मादी नरपालिकामा मेयरमा नेकपा माओवादी केन्द्रका दावा क्षेत्री शेर्पा र उपमेयरमा नेपाली कांग्रेसका पासाङ शेर्पाले उम्मेद्वारी दिएका छन्। त्यसैगरी एमालेबाट मेयरमा जीवन लिंथेप र उपमेयरमा शुनिता दाहालले उम्मेद्वारी दिएका छन्।

चुनावी मिति नजिकिदै जाँदा दलहरु घरदैलो अभियान र आमसभामामार्फत मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयासमा लागेका छन्। चुनावीसभाका लागि आएका कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले केपी ओलीको निरंकुशताको विकल्पमा गठबन्धन गरिएको बताए। उनले भने ‘ओलीले प्रतिनिधिसभालाई दुई पटक भंग गरे। जसलाई अदालतले पुस्थापना गर्यो र हामी के निचोडमा पुग्यौं भने यदि ओलिलाई यसरी नै छोडिदिने हो भने यो देशमा न संविधान जोगाउन सक्छौं न संघीय लोकतन्त्र जोगाउन सक्छौं। त्यसकारण ओलीको विकल्पमा नेकपा एमालेको विकल्पमा हामीले संघीय लोकतान्त्रिक पक्षधर शक्तिहरु एक ठाउँमा उभिनुपर्छ भनेर गठबन्धन गरेका हौं।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.