स्याङ्जामा मतदान अधिकृत र सहायकलाई प्रशिक्षण

स्याङ्जामा मतदान अधिकृत र सहायकलाई प्रशिक्षण

स्याङ्जा : स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै निर्वाचन कार्यालयले शुक्रबार मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएको छ। मतदानको दिन आउन साता दिन मात्र बाँकी रहदा निर्वाचन कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएको हो।

प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दे मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश बसन्तराज पौडेलले निष्पक्ष, भयरहित र स्वतन्त्र तरिकाबाट मतदान गर्ने गराउने वातावरणमा बनाउन निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतहरुलाई सुझाव दिए। चुस्त र स्फूर्त वातावरणमा निर्वाचन सम्पन्न गर्न आ-आफ्नो इमान्दारिता र जिम्मेवारी बहन गर्न उनले सुझाए। यस गहन जिम्मेवारीलाई संयमतापूर्वक पूरा गर्नका लागि निष्पक्षरही आआफ्नो भूमिकामा रहनसमेत उनले आग्रह गरे।

‘निर्वाचन जस्ता पवित्र कार्यलाई सम्पन्न गर्न र दिइएको काम, कर्तव्य र अधिकारका बन्धनमा बाँधिएर काम गर्नु होला।’ उनले भने, ‘हाम्रा ब्यवहार, आचरणमा कतै कमीकमजोरी भएमा त्यो क्षम्य हुने छैन। तपाईंहरु ढुक्क र निर्धक्क भएर नियमानुसारका काम गर्नुहोस् तपाईंका साथमा हामी छौं।’

सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले सहभागीलाई कत्ति पनि नआत्तिकन आ आफना जिम्मेवारी पुरा गर्न सुझाव दिए। उनले भने, ‘कामका शिलशिलामा कहिंकतै समस्या आईपरेमा तपाईंहामी सामूहिकरुपमा छलफल गरेर अघि बढ्नेछौं, ढुक्क हुनुहोस् तपाईंका पक्षमा सिंगो सुरक्षा टिम छ। दिइएको जिम्मेवारी पुरा गर्नुहोस्।’

सहभागीलाई निर्वाचन सुरुदेखि मतगणना सम्पन्न गर्नेसम्मका विधि, प्रक्रियाका बारेमा प्रशिक्षण दिईने निर्वाचन कार्यालय प्रमुख गुरुप्रसाद मरासीनीले जानकारी दिए। कार्यक्रममा ऋषिराम आचार्य, रामप्रसाद अधिकारी, घनश्याम सुवेदी, डिल्लीराम पौडेल, बिनोद पौडेल, विश्वप्रसाद रेग्मी, गुरुप्रसाद मरासीनीले प्रशिक्षण दिने भएका छन्।  

स्याङ्जामा ११ पालिकामा १ मुख्य निर्वाचन अधिकृतसहित १० निर्वाचन अधिकृत छन्। जिल्लाभर ३ सय १८ मतदान केन्द्र र १ सय ९९ वटा मतदानस्थल तोकिएका छन्। ती केन्द्रमा ३ सय १८ मतदान अधिकृत र ३ सय १८ सहायक मतदानअधिकृत खटाइएका छन्। 

जिल्लाभर २ लाख ४० हजार ५३५ मतदाता छन्। ती मध्ये १ लाख २३ हजार ८६८ महिला हुन भने १ लाख १६ हजार ६६६ पुरुष र एक अन्य छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.