पुर्णिमाद्वारा विश्वको तेस्रो अग्लो कञ्चनजंगाको सफल आरोहण
गोरखा : गोरखा आरुघाटकी पूर्णिमा श्रेष्ठले विश्वको तेस्रो अग्लो कञ्चनजंगा हिमालको सफल आरोहण गरेकी छन्। फोटो पत्रकारसमेत रहेकी श्रेष्ठले शुक्रबार विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंगा (८,५८६ मिटर)को सफलतापूर्वक आरोहण गरेकी हुन्।
कारोबार आर्थिक दैनिकमा कार्यरत श्रेष्ठले यसअघि सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर)का साथै विश्वको सातौं (८,१६७ मिटर) अग्लो धौलागिरी (प्रथम), मनास्लु (८,१६३ मिटर), अन्नपूर्ण प्रथम (८०९१ मिटर) र अमदब्लम (६,८१२ मिटर) हिमालको आरोहण गरिसकेकी छन्।
आठहजारभन्दा माथिका सबै हिमाल आरोहण गरिसकेकी पूर्णिमाले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंगा २० घण्टाको कठिन यात्रापछि शिखर चुमेकी थिइन्। अक्सिजन मास्कको समस्या, हेडलाइटले काम नगरेको जस्ता कठिनताको बावजुद लगभग मृत्युको नजिक पूगेर पनि कीर्तिमान रच्न सफल भएको उनी बताउँछिन्।
उनले आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गर्ने लक्ष्य राखेकी छन्।
प्रतिक्रिया दिनुहोस !