कञ्चनजंघा आरोहणका क्रममा भारतीय नागरिकको मृत्यु
![कञ्चनजंघा आरोहणका क्रममा भारतीय नागरिकको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/death-mirtyu_20200921102555_oudUFw9Mjd.jpg)
ताप्लेजुङ : कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय नारायणम् आईयर रहेका छन् । आरोहणका क्रममा उनको ८ हजार २ समय मिटर उचाइमा पुग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कुशाराम कार्कीले जानकारी दिए ।
उनी पायोनियर एड्भेन्ञ्चर प्रालिबाट हिमाल आरोहणमा गएका थिए । सो कम्पनीका कार्यकारी निर्देशक निमेष कार्कीका अनुसार उनको शवलाई उद्धारका लागि ६ जना शेर्पाको टोली परिचालित भइसकेको छ । 'हाम्रो ६ जना शेर्पाको टोली खटिएको छ । मौसमले साथ दिए तीन दिनभित्रमै तल ल्याइसक्छौं,' उनले भने ।
८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघा हिमालको आरोहणका लागि पायोनियर एड्भेन्चरबाट यसवर्ष १४ जना आएका थिए । त्यसमध्ये ६ जनाले सफल आरोहण गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)