नुवाकोटका १० मतदान केन्द्रमा महिला मात्रै कर्मचारी

नुवाकोटका १० मतदान केन्द्रमा महिला मात्रै कर्मचारी

नुवाकोट : स्थानीय तह निर्वाचन २०७९ का लागि नुवाकोटका मतदान केन्द्रमा सबै कर्मचारीहरु परिचालन गरिसकिएको छ। नुवाकोटमा कायम मतदान केन्द्रमध्ये १० मतदान केन्द्रमा महिला कर्मचारीमात्रै खटाइएको छ। 

१२ स्थानीय तह रहेको नुवाकोटमा १ सय ३२ मतदानस्थलमा २ सय ८७ मतदान केन्द्र कायम रहेका छन्। तिमध्ये १० स्थानीय तहका एक/एक मतदान केन्द्रलाई नमूनाको रुपमा छनौट गरी ती मतदान केन्द्रहरुमा महिलामात्र कर्मचारी छनौट गरिएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ।
 

विदुर नगरपालिकाको नुवाकोट आदर्श बहुमुखि क्याम्पसको ‘ग’, दुप्चेश्वर गाउँपालिको दुप्चेश्वर मावि ‘क’, सूर्यगढीको इलाका प्रहरी कार्यालय चोकदे ‘क’, ककनीको भवानी मावि ‘क’, र किस्पाङको स्वास्थ्यचौकी भवन काहुले ‘ख’ मतदान केन्द्रमा महिला कर्मचारीमात्रै नमूना केन्द्रको रुपमा छुट्ट्याइएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए। 

यस्तै तादी गाउँपालिकाको रालुका मावि ‘क’, तारकेश्वरको आर्युवेद स्वास्थ्य भवन ‘क’, पन्चकन्याको देवकीधरम मावि ‘क’, म्यागङको देउराली मावि ‘क’ र लिखुको नेपाने मावि ‘क’ मतदान केन्द्रलाई नमूना केन्द्रकोरुपमा महिला कर्मचारीमात्रै खटाइएको अधिकृत गौतमले जानकारी दिए। उनका अनुसार ति मतदान केन्द्रहरुमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी तथा कार्यालय सहयोगीसममेत महिलामात्रै खटाइएको छ।
 
नुवाकोटमा महिला १ लाख १५ हजार २९ जना र  पुरुष १ लाख २२ हजार चारसय दुई जना र ३ जना तेश्रो लिंगीसहितगरी कुल मतदाता संख्या २ लाख ३७ हजार ४ सय ३४ जना रहेका छन्। नुवाकोटमा स्थानीय तह निर्वाचन २०७९का लागी ६ वटा राष्ट्रिय मान्यता प्राप्त दल रहेका छन्। 

यसका साथै आयोगले तोकेको अवधि भित्र जिल्लामा क्रियाशिल रहेका दलको जिल्ला कार्य समितिको विवरण बुझाएका २२ वटा दलहरु गरी २८ वटा राजनीतिक दलहरुको आफ्नै निर्वाचन चिन्ह मतपत्रमा उल्लेख रहेको छ। नुवाकोटमा मझौला आकारको ३८ लहरको मतपत्र रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.