समुदायस्तरमा मतदाता शिक्षा संचालन नहुँदा मत बदर हुने चिन्ता

समुदायस्तरमा मतदाता शिक्षा संचालन नहुँदा मत बदर हुने चिन्ता

मुगु : स्थानीय तह निर्वाचन–२०७९ आउन दुई दिन बाँकी रहदा जिल्लाका चारै स्थानीय तहमा मतदाता शिक्षा सञ्चालन नगरिएका कारण मत बदर हुने चिन्ता देखिएको छ। अगिल्ला निर्वाचनमा जिल्लाका सबै स्थानीयतहमा भएका मतदाता शिक्षा कार्यक्रम भएपनि यसपटक मत बदर हुने चिन्ता बढेको छ।

निर्वाचनमा भाग लिएका राजनीतिक दलका उम्मेदवार र नेता तथा कार्यकर्ताहरुले भोटमाग्न घर दैलोमा आउने गरेका भएपनि कसरी मतदान गर्ने भन्ने बारेमा जानकारी दिने गरेका छैनन्। ‘अग्लिला निर्वाचनहरुमा मतदाता शिक्षाको बारे जानकारी दिन घरघरमै मान्छे आउने गरेका थिए। अहिले निर्वाचन हुन दुई दिन बाँकी हुँदासमेत कोही आएका छैनन् यो पटक गठबन्धन र स्वतन्त्र उम्मेदवारबढी भएका कारणले पनि मतपत्र धेरै बदर हुने सम्भावना देखिएको’ छाँयानाथ रारा नगरपालिका—१ का रुपबहादुर मल्लले बताए।

अगिल्ला निर्वाचनमा निर्वाचन कार्यालयले मतदाता शिक्षा संचालन गरेको मतादाता शिक्षामा खटिएका स्वयमसेवकहरु कुनैन कुनै पार्टीसंग संलग्न हुने भएकाले मतदाता शिक्षा प्रभावकारीता नदेखिएको हो। यो पटकको निर्वाचनमा निर्वाचन आयोगले नै मतदाता शिक्षा समुदायमा नगरी मतदान केन्द्रमा दुई दिन अगावै संचानलन गर्ने निर्देशन भएकाले समुदायमा मतदाता शिक्षा संचालन नभएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धनकृष्णा बुढाले जानकारी दिए।

सबै मतदाताहरु शिक्षित छैनन्।  मुगुमा सबै स्थानीयतहमा अशिक्षित मतदाता धेरै छन्। कतिपय मतदातालाई कसरी मतदान गर्ने भन्ने विषयमा जानकारी छैन। प्राय प्रमुख उपप्रमुख र वडा अध्यक्षमा बदरको सम्भावना कम देखिएपनि गठबन्धन र सदस्यहरुमा स्वतन्त्र उम्मेदवारी बढी भएकाले यिनी पदमा बढी बदर हुने मुगुम कार्मारोङ गाँउपालिका—४ का उर्गिन लामाले बताए।

यो पटक जिल्लाका चारै स्थानीय तहमा ३५ हजार ८९ मतदाता रहेका छन्। जसमध्ये छाँयानाथ रारा नगरपालिकामा १२ हजार ४ ७७ खत्याड गाँउपालिकामा १० हजार ७ सय १७ सोरु गाँउपालिकामा ७ हजार ८ स ६४ कार्मारोङ गाँउपालिकामा ४ हजार ३१ मतदाता रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.