पालुङ्टारमा एमाले जसपा, चुमनुब्रीमा माओवादी जसपाबीच तालमेल

पालुङ्टारमा एमाले जसपा, चुमनुब्रीमा माओवादी जसपाबीच तालमेल

गोरखा : निर्वाचन आउनु तीनदिन अघि गोरखाका दुई पालिकामा विभिन्न दलहरुबीच चुनावी तालमेल भएको छ। पालुङ्टार नगरपालिकामा जनता समाजवादी पार्टी र नेकपा एमालेबीच चुनावी तालमेल भएको छ। चुमनुब्री गाउँपालिकामा जनता समाजवादी पार्टी र नेकपा माओवादीबीच तालमेल भएको पार्टीहरुले जानकारी दिएका छन्।

नेकपा एमाले र जसपा दुवै पार्टीको जिल्ला समितिले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी दुई पार्टीबीच मेयर, उपमेयर तथा वडाहरुमा तालमेल गरेको जानकारी गराएका हुन्।

नेकपा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ र जसपा गोरखाका अध्यक्ष यानप्रसाद भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा मेयरमा जसपाका प्रेम गुरुङलाई एमालेले सघाउने र उपमेयरमा एमालेकी पार्वती पाठकलाई जसपाले सघाउने निर्णय भएको उल्लेख छ।

त्यस्तै वडा नं. ४ र ५ मा एमालेले जसपालाई सघाउने र वडा नं. ६, ७ र १० मा एमालेलाई जसपाले सघाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ। अन्य वडामा आपसी सहमतिमा अघि बढ्ने उल्लेख गरिएको छ।

त्यस्तै चुमनुब्री गाउँपालिकामा माओवादी र जनता समाजवादी पार्टीबीच चुनावी गठबन्धन गर्ने समझदारी भएको छ। माओवादीका गाउँपालिकाको अध्यक्ष पदका उम्मेद्वार निमा लामा र उपाध्यक्षकी उम्मेद्वार लक्ष्मी गुरुङलाई जसपाले समर्थन गर्ने र वडामा माओवादीले जसपालाई समर्थन गर्ने समझदारी भएको जसपाका पालिका अध्यक्ष गणेश कार्कीले जानकारी दिए।

अनौपचारिक रुपमा यसअघिदेखि नै छलफल भइरहे पनि औपचारिक रुपमा मंगलबार यस विषयमा टुंगो लागेको उनले बताए। ‘वडा नं. ३ मा दुई सदस्यमा उनीहरुले हामीलाई सहयोग गर्ने र वडा नं. ५ मा अध्यक्षसहित चार जना सदस्यमा हामीलाई उनीहरुले समर्थन गर्ने गरी हामीले पालिकाको अध्यक्ष र उपाध्यक्षमा सहयोग गर्नेगरी समझदारी भएको हो’, कार्कीले भने।
 
यसअघि जसपाबाट सो पालिकामा गणेश कार्कीले अध्यक्ष पदमा उम्मेद्वारी दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.