मौन रहेनन् बाबुराम

मौन रहेनन् बाबुराम

गोरखा : सत्ता गठबन्धनको भावनाविपरीत गृह नगर पालुङटारमा एमालेसँग चुनावी तालमेल गरेका जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मौन अवधिको अनुशासन सीमा पनि उल्लंघन गरेका छन्। 
कुनै पनि विधिद्वारा भोट माग्न नपाइने मौन अवधिको संहिता नाघ्दै उनले बुधबार चुनावी कार्यक्रमलाई निरन्तरता दिए। मंगलबार राति १२ बजेदेखि मौन अवधि लागू भए पनि उनले विभिन्न वडामा पुगेर चुनावी सभा आयोजना गरिरहेको जसपा इतर पार्टीहरूको आरोप छ। 

‘बुधबार बिहान पालुङटार–१ का बेलबास, भैंसेपानी, खुर्पाजुङ, कोलकाटे, जोर्ती चौतारामा १२ बजेसम्म चुनावी कोणसभा गर्दै हिँड्नुभएको हो,’ स्थानीय माओवादी कार्यकर्ता गेमलाल श्रेष्ठले भने, ‘उहाँको अघिपछि दर्जनौं नेता, कार्यकर्ताहरू पनि थिए। भाषण पनि चलेको थियो।’ चुनावी कार्यक्रममा हिँडेकाले १ बजेदेखि आयोजना गरिएको मतदान केन्द्र स्तरको बैठकमा जसपाको सहभागिता ढिला भएको उनको भनाइ छ।

संविधान निर्माणका बेला मस्यौदा समितिका संयोजकसमेत रहेका नेता भट्टराईले चुनावी आचारसंहिता उल्लंघन गरेको कांग्रेसका स्थानीय नेताहरूले पनि आलोचना गरेका छन्। उनको साथमा धर्मपत्नी तथा जसपा नेतृ हिसिला यमी पनि सरिक छन्। 

‘यस अवधिमा मतदातालाई प्रभाव पार्ने, दबाब दिने वा कुनै पनि प्रकारले भोट माग्नसमेत रोक लगाएको छ। तर, उहाँहरू भने निर्धक्क साथ पालुङटारका बस्ती–बस्ती पुगेर मतदातासँग भोट मागिरहनु भएको छ,’ कांग्रेसका एक नेताले भने।

मौन अवधि सुरु भएकै दिनमा घरदैलो गरेको र चुनावी सभालाई सम्बोधन गरिरहेको तस्बिर आफैंले सामाजिक सञ्जालहरू फेसबुक र ट्वीटरमा समेत पोस्ट गरेका छन्। संघीय परिषद् अध्यक्ष भट्टराई र उनका कार्यकर्ताले निर्वाचनको आचारसंहिता उल्लंघन गरेको बारे लिखित र मौखिक उजुरी बारम्बार परिरहेको सो नगरपालिकाका निर्वाचन अधिकृत गोकर्णराज  पन्तले बताए। ‘२८ गते निर्वाचनसम्बन्धी कार्यक्रम गरेको भनेर लिखित उजुरी आएको छ,’ उनले भने, ‘यसलाई हामी मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आयोगमा फर्वाड गर्छौँ।’ जसपाविरुद्ध यस्ता उजुरी बारम्बार पर्ने गरेको उनले बताए।

कहिले राति १२ बजेसम्म चुनावी कार्यक्रम गरेको भनेर उजुरी पर्ने, कहिले मतदातालाई प्रभावित पार्ने, प्रलोभनमा पार्ने गरेको भनेर पनि उजुरी आइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ‘बारम्बार उजुरी आइरहन्छ। बारम्बार लिखित, मौखिक स्पष्टीकरण सोधिरहन्छौं। अबदेखि यस्तो गर्दैनौं भनेर प्रतिबद्धता पनि जनाइरहनुहुन्छ,’ उनले भने, ‘पूर्वप्रधानमन्त्री जत्तिको मान्छेले पनि यसरी बारम्बार आचारसंहिता उल्लंघन गर्नुहुन्नथ्यो। हामी सचेत पनि गराएकै हौं। यहाँ यस्तै चलिरहेको छ।’ पालुङटार आफ्नो गृह पालिका भएकाले कुनै पनि हालतमा यहाँको नेतृत्व हात पार्ने योजनासहित भट्टराई विगत एक सातादेखि यहाँ सघन चुनावी कार्यक्रमका सक्रिय छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.