कांग्रेस उम्मेद्वार सवार कार ब्रेक फेल भएर दुर्घटना
गोरखा : पालुङटार नगरपालिका वडा नम्बर ९ का वडाध्यक्षका उम्मेदवार भेजराज पाण्डे सवार कार पल्टिएको छ।
प्रदेश ३–०१–०२४ च १५४० नंबरको कार बिहीबार दिउँसो मिकोटको कामीडाँडा भन्ने ठाउँमा पल्टेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
रामज्योति आधारभूत विद्यालयको मतदान केन्द्र अवलोकन गरेर फर्कने क्रममा ब्रेक फेल भई कार पल्टिएको कारमा सवार डाक्टर मोदानाथ मरहट्टाले जानकारी दिए।
कारमा सवार वडाअध्यक्षका उम्मेद्वार पाण्डे, डाक्टर मरहट्टा र गण्डकी प्रदेश समितिकी सदस्य रविकला खनालको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !