धनकुटाको सहिदभूमि-६ मा मतदान प्रक्रियामा विवाद : मतदान स्थगित

धनकुटाको सहिदभूमि-६ मा मतदान प्रक्रियामा विवाद : मतदान स्थगित

धनकुटा : मतदान प्रक्रियाको विषयमा लोकतान्त्रिक गठवन्धन र नेकपा एमालेका प्रतिनिधिबीच विवाद हुँदा सहिदभूमि गाउँपालिका वडा नं. ६ स्थित ठाकुरदेवी मावि र ६ नं. वडा कार्यालय मतदान स्थलका तीन वटै केन्द्रको मतदान प्रक्रिया स्थगित भएको छ।

मतदान प्रक्रियाको विषयमा दुवै पक्षवीच भएको विवादले केही समयको लागि मतदान कार्य स्थगित गरिएको मतदान केन्द्र-क का मतदान अधिकृत गणेश एडीले बताए।

उनका अनुसार भित्र मतदान कार्य शान्तिपूर्ण वातावरणमा चलिरहेको थियो। बाहिरको वातावरण होहल्ला र हुलदंगा भएको खबर सुनियो। सुरक्षाकर्मीहरु नियन्त्रणमा लिएपछि स्थगित भएको हो। स्थगित हुनुभन्दा अघिसम्म तीन वटै केन्द्रमा २० प्रतिशत भोट खसेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.