बझाङमा तीन ठाउँको मतदान प्रक्रिया ठप्प

बझाङमा तीन ठाउँको मतदान प्रक्रिया ठप्प

बझाङ : जिल्लामा शान्तिपूर्ण मतदान भएका मतदानस्थलमा करिब ५० प्रतिशत बढी मत खसिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

मतदान समय सकिन केही समयमात्रै बाँकी रहँदा बझाङका झडप भएका मतदान स्थल जयपृथ्वी नगरपालिका वडा नम्बर ७ स्थित सुनिपिपल चौर मावि सुवेडा, केदारस्युँ गाउँपालिका वडा नम्बर ४ स्थित जगन्नाथ माबि सैन्सु र मष्टा गाउँपालिका ५ स्थित द्वारिकानाथ माद्यामिक विद्यालयमा भने मतदान प्रक्रिया ठप्प भएको छ। यी तीनवटै मतदानस्थलमा सर्वदलीय बैठक बसिरहँदा सबै ठाउँमा नयाँ मतदान अधिकृतसहित पुन: मतदानको माग गरिरहेका छन्।

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ स्थित सुनिपिपल चौर मावि सुवेडाका मतदान अधिकृत डा. सूर्य उपाध्यायले भने, 'छलफलका लागि सर्वदलीय बैठक बोलाएका छौं। एक पक्ष सम्पर्कविहीन बनेको छ। अब स्थगित गर्ने वा नगर्ने मुख्य निर्वाचन अधिकृतलेज्यूले निर्णय लिनुहोला।' त्यस मतदान केन्द्रमा १ हजार ९ सय ६ जना मतदाता रहेकोमा अहिलेसम्म जम्मा २० प्रतिशतमात्रै मत खसेको छ।

स्वतन्त्र उम्मेदवारका आफन्तले फर्जी मत खसालेको भन्दै उत्पन्न भएको विवादले केदारस्युँ ४ स्थित जगन्नाथ माबि सैन्सु मतदान केन्द्र पनि दिनभर जसो तनावग्रस्त बन्यो। जहाँ १ हजार ५ सय ३७ जना मतदाता रहेकोमा अहिलेसम्म ५ सय ७० मत खसिसकेको मतदान अधिकृत केशवराज जोशीले बताए। उनका अनुसार त्यहाँ तनावग्रस्त भएपछि मत खसाल्न बाँकी मतदाता सबै घर फर्किसकेका छन्। अहिले सर्वदलीय बैठक बसिरहेको छ। सबै दलले पुन: मतदानको माग गरिरहेका छन्।

बाँकी थलारा गाउँपालिका ५ स्थित थलारा मावि खोली मतदान केन्द्र र मा  थलारा गाउँपालिका ८ स्थित शैलेश्वरी मावि मतदान केन्द्रमा पुन: मतदान सुरु भइसकेको छ। अन्य ठाउँमा फोन सम्पर्क हुन सकिरहेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.