बुढानिलकण्ठमा प्रचण्ड-देउवाबीच छलफल

बुढानिलकण्ठमा प्रचण्ड-देउवाबीच छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड र  कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ। संसद्मा भइरहेको गतिरोध हटाउन  प्रधानमन्त्री 'प्रचण्ड' आइतबार बिहान दे‍उवा भेट्न बुढानिलकण्ठ पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उनीहरूबीच करिब ४० मिनेटजति छलफल भएको जनाइएको छ।

संसदीय छानबिन समितिको कार्यादेशमा टुंगो लगाउन केहीबेरमा दलका शीर्ष नेताहरूको बैठक बस्दैछ। सो बैठकअघि सभापति देउवा आन्तरिक छलफलमा जुटेका हुन्।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले संसदमा अवरोध गरिरहेको छ। समितिको कार्यादेशमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलबीच सहमति जुट्न नसक्दा संसद‍् प्रभावित हुँदै आएको छ।

कांग्रेसले उपप्रधान एवं गृहमन्त्रीको नाम किटान गरेर छानबिन  समिति बनाउनुपर्ने माग राख्दै आएको छ। तर सत्ता पक्ष भने व्यक्तिगत नाम किटेर समिति बनाउन नहुने अडानमा छ।

आजको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी छ।  संसदीय छानबिन समिति नबनेसम्म संसदमा अवरोध कायम गर्ने रणनीतिमा कांग्रेस छ। 

उसले आज सरकारलाई दबाब दिन सडकमा विरोध प्रदर्शन गर्ने कार्यक्रम  छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.