नुवाकोटमा १ सय २० वर्षिया वृद्धाले गरिन् मतदान
नुवाकोट : नुवाकोटमा १ सय २० वर्षिया वृद्धा बाटुलीले मतदान गरेकि छिन्। नुवाकोटको ककनी गाउँपालिका-८ थानसिङ छापथोककी १२० वर्षिया बाटुली लामिछानेले मतदान गरेकी हुन्।
उनले सोही वडाको अरुणोदय आधारभूत विद्यालयबाट मतदान गरेकी हुन्। घरदेखि आधा घण्टा दुरीमा रहेको बाटोमा उनलाई गाडीमा लगेर मतदान गराइएको हो।
सदरमुकाम बिदुरदेखि ५० किलोमिटर पूर्वमा रहेको मतदान केन्द्र पुगेर आफ्ना छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गरेको उनका नाती श्याम ढुंगानाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
४