छथर जोरपाटीमा गठबन्धन र धनकुटा नगरमा एमालेको अग्रता
धनकुटा : छथरजोरपाटी गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका छत्र सुब्बाले अग्रता लिएका छन्। ३ सय ९२ मत गणना हुँदा छत्र सुब्बाले १ सय ८७ मत, नेकपा एमालेका शेरवहादुर लिम्बूले १ सय ७४ मत प्राप्त गरेका छन्।
त्यस्तै उपाध्यक्षमा गठवन्धनको तर्फबाट उम्मेदवार बनेकी गिता खेवाले १ सय ९०, एमालेको तर्फबाट उम्मेदवार वनेकी गोमा कार्कीले १ सय ४८ मत प्राप्त गरेकी छिन्। वडा नं. ६ को वडाध्यक्षमा गठबन्धनका दिपक गुरुङले २ सय २९ र एमालेका निलबहादुर थापाले १ सय ४२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय छथरजोरपाटीले जनाएको छ।
यस्तै धनकुटा नगरपालिकाको पनि प्रारम्भिक मतपरिमाण सार्वजनिक भएको छ। ४ सय मत गणना हुँदा धनकुटा नगरप्रमुखमा नेकपा एमालेका चिन्तन तामाङले अग्रता लिएका छन्। उनले २ सय ७ मत प्राप्त गरेका छन्। भने उनका निकटम प्रतिद्वन्दी गठवन्धनको तर्फबाट उम्मेदवार बनेको नेपाली कांग्रेसका दिनेश राई १ सय ६९ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा नेकपा एमालेकी भीमा खनालले १ सय ६५ र गठबन्धनका गणेशकुमार विष्टले १ सय ७० मत प्राप्त गरेका छन्। वडा नं. १ को वडाध्यक्षमा कांग्रेस र २ नं. वडाको वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन्।
जिल्लाको सहिदभूमि गाउँपालिका वाहेक अन्य पालिकाहरुमा मतगणना भइरहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !