भोजपुरको साल्पासिलिछो गाउँपालिका-१ मा कांग्रेस विजयी
![भोजपुरको साल्पासिलिछो गाउँपालिका-१ मा कांग्रेस विजयी](https://annapurnapost.prixacdn.net/media/albums/ganesh_20220514113406_IL7ugkwZ5L.jpg)
भोजपुर : भोजपुरको साल्पासिलिछो गाउँपालिका-१ मा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका गणेश बुढाथोकीले ३ सय ७८ मत ल्याउँदै विजयी भएका हुन् ।
उनका प्रत्यासी एमालेका मीनबहादुर थापालाई १८ मतले हराउँदै बुढाथोकी विजयी भएका हुन् । थापाको कुल ३ सय ६० मत छ । भोजपुरका ९ स्थानीय तहमध्ये हतुवागढी, टेम्केमैयुङ, पौवादुङमा, अरुण, साल्पासिलिछो गाउँपालिका र भोजपुर नगरपालिकामा मत गणना भइरहेको छ ।
मतदान सौहार्द र शान्तिपूर्ण सम्पन्न भएपनि भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण षडानन्द नगरपालिका, रामप्रसादराई गाउँपालिका र आमचोक गाउँपालिकाका वडाहरुबाट मतपेटिका ल्याउन समस्या भएका कारण मत गणनामा ढिलाई भएको हो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)