चौविसे गाउँपालिका-१ मा कांग्रेसका दिपककुमार श्रेष्ठ विजयी
धनकुटा : चौबिसे गाउँपालिकाको वडामा गठबन्धनले प्यानलसहित खाता खोलेको छ। मत गणनाको भर्खरै सम्पन्न अन्तिम मत परिणाम अनुसार चौविसे गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा गठबन्धनतर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दिपककुमार श्रेष्ठ (देवेन्द्र) विजयी भएका हुन्।
उनले निकटम प्रतिद्वन्दी नेकपा एमालेका श्रीकृष्ण श्रेष्ठलाई ४१ मतले पराजित गरे। विजयी दिपककुमारले ५ सय २७ मत प्राप्त गरे। भने उनका प्रतिद्वन्द्वी श्रीकृष्णले ४ सय ८६ मत प्राप्त गरे। पराजित श्रेष्ठ यस वडाका निवर्तमान वडाध्यक्ष समेत हुन्। त्यस्तै सदस्य तर्फ नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन्।
खुल्ला सदस्य तर्फ नगरवहादुर मगर ५ सय ४, बलवहादुर मगर ५ सय ३६, महिला सदस्य तर्फ लता श्रेष्ठ ५ सय ३२ र दलित महिला सदस्य तर्फ इन्दिरा विश्वकर्मा ५ सय २६ मत ल्याउर विजयी भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले बताए।
धनकुटा जिल्ला भरि ६० वडा मध्ये चौविसे गाउँपालिका वडा नं. १ को मात्रै अन्तिम मत परिणाम सार्वजनिक भएको हो। गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा गठवन्धनका उम्मेदवारहरुले नै प्रारम्भिक अग्रता लिइरहेका छन्। सहिदभूमि गाउँपालिका बाहेक सबै स्थानीय तहको मतगणना धमाधम भइरहेको छ। अधिकांश स्थानीय तहमा गठवन्धनले प्रारम्भिक अग्रता लिइरहेको छ।
प्रतिक्रिया दिनुहोस !