मकवानपुरका ३ वडामा कांग्रेसका उम्मेदवार विजयी
हेटौंडा : मकवानपुरमा नेपाली कांग्रेसले तीन वटा वडा अध्यक्ष जितेको छ। इन्द्रसरोबर गाउँपालिका-१ मा गठबन्धन दल नेपाली कांग्रेसबाट सुभाष थापा मगर वडाध्यक्ष निर्वाचित भएका हुन्। उनले ७ सय ५३ र नेकपा एमालेका राजन बस्नेतले पाँचसय ९४ मत ल्याएका थिए।
मकवानपुरको भीमफेदी गाउँपालिका-१ नम्बर वडामा पनि नेपाली कांग्रेसका सोमबहादुर स्याङतान ९ सय १० मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेकी पञ्चमाया स्याङतानले ६ सय ५५ प्राप्त गरिन्। वडा नम्बर १ मा १६ सय ४१ मत खसेकोमा ७२ मत बदर भएको थियो।
मनहरी गाउँपालिका-१ मा नेपाली कांग्रेसका शिव प्रसाद खनाल विजयी भएका छन्। उनले एक हजार ९७ मत प्राप्त गरे। खनालका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भीमसेन अधिकारीले ३ सय सय ९० पाए। १ हजार ७ सय मत खसेको उक्त वडामा कांग्रेसको प्यानल नै विजयी भएको हो। अन्य राजनीतिक दलहरुले भने मकवानपुरमा खाता खोल्न सकेको छैनन्।