हेटौंडामा झिनो मतले समाजवादीको अग्रता
हेटौंडा : हेटौंडा उपमहानगरपालिकामा ९ सय ४ मत गणना हुँदा १० मतले गठबन्धन दल नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मिना लामा अगाडि रहेका छन्। मेयरमा नेकपा एकीकृत समाजवादीका लामाले २ सय ८३, नेकपा एमालेका अनन्त पौडेलले २ सय ७३ र राप्रपाका दिपकबहादुर सिंहले एकसय ९८ मत पाएका छन्।
उपमेयरतर्फ गठबन्धन दल नेपाली कांग्रेका राजेश बानियाँले चारसय १८, नेकपा एमालेकी सुमित्रा काफ्लेले ३ सय १९ र राप्रपाकी इन्दिरा डल्लाकोटीले ६१ मत प्राप्त गरेकी छिन्।
अहिले हेटौंडाको १ र १९ नम्बर वडाको मतगणना भइरहेको छ। हेटौंडामा ७३ हजार ४ सय १४ मत खसेको छ।