गोरखा-२ मा कांग्रेस, अजीरकोट-१ मा माओवादीका अध्यक्ष विजयी

गोरखा-२ मा कांग्रेस, अजीरकोट-१ मा माओवादीका अध्यक्ष विजयी

गोरखा : गोरखा नगरपालिका-२ मा नेपाली कांग्रेसका वडाअध्यक्ष विजयी भएका छन्। पाँचसय ७६ मत प्राप्त गरी उनी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले ४१४ मत प्राप्त गरेका थिए।

त्यस्तै अजीरकोट गाउँपालिका-१ मा माओवादी केन्द्रका उम्मेदवार मनोज गुरुङ विजयी भएका छन्। ४६४ मत प्राप्त गरी उनी विजयी भएका हुन्। उनका निकटत्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले ४३३ मत प्राप्त गरेका छन्।
दुवै पालिकामा कांग्रेसका प्रमुख र उपप्रमुखले अग्रता लिएका छन्।

वडा नं. १ र २ को मतगणना सम्पन्न हुँदासम्म गोरखा नगरपालिकामा मेयर पदमा कांग्रेसका राजनराज पन्तले १०५६ मत प्राप्त गरेका छन्। निकटत्तम प्रतिस्पर्धी माओवादी केन्द्रका कृष्ण रानाले ७१० मत प्राप्त गरेका छन्। एमालेकी सम्झना देवकोटाले ६३४ मत प्राप्त गरेकी छन्। 

त्यस्तै अजीरकोट गाउँपालिकाको प्रमुखमा कांग्रेसका गोविन्द गुरुङले ४६० र माओवादीका दीपक देवकोटाले ४३६ मत प्राप्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.