पाल्पाको २ वडामा एमाले र १ वडामा कांग्रेस विजयी
तानसेन : पाल्पाको २ वडामा एमाले र १ वडामा काग्रेंस विजयी भएको छ। पाल्पाको पूर्वखोला गाउँपालिका वडा नं १ सिलुवामा नेकपा एमालेका गिरमान आलेसहित प्यालन विजयी भएको छ। एमालेबाट विजयी आलेले १४८८ मत ल्याए भने नेपाली कांग्रेसका चुनबहादुर थापाले ४८६ मत प्राप्त गरी उपविजेता भए।
पाल्पाको माथाँगढी गाउँपालिका वडा नं ८ बहादुरपुरमा नेपाली कांग्रेसका दिलबहादुर ढेंगासहित सबै सदस्यमा प्यानल विजयी भएका छन्। विजेता वडा अध्यक्ष ढेंगाले ४१० मत प्राप्त भई विजयी भएका उनका प्रतिद्धन्दी नेकपा एमालेका नारायणसिंह थापाले ३०६ मत ल्याई उपविजेता भए।
प्रतिक्रिया दिनुहोस !