शिल गरिएको डोरी चुडिँदा चापाकोटको मतगणना प्रभावित

शिल गरिएको डोरी चुडिँदा चापाकोटको मतगणना प्रभावित

स्याङ्जा : मतपेटिका शिल गरिएको प्लाष्टिकको डोरी चुडिँदा चापाकोट नगरपालिकाको मतगणना प्रभावित बनेको छ। स्याङ्जाका १० वटा पालिकामा मतगणना जारी रहेपनि चापाकोट नगरपालिकाको मतगणना शनिबार पनि हुन सकेको छैन्।

चापाकोट नगरपालिका-६ स्थित मोहमी माध्यमिक विद्यालयमा भएको मतदानका २ वटा मतपेटिकाका डोरी चुडिएपछि यहाँका उम्मेदवारबीच सहमति नजुट्दा मतगणना हुन नसकेको हो।

मतपेटिकामा शिलगरी बाँधिएका ५ वटा प्लाष्टिकका डोरीमध्ये एउटा बाकसको २ वटा र एउटा बाकसको १ वटा डोरी चुडिएको बताइएको छ।

 
मतगणना गर्ने भन्दै शनिबार दिनभर पटक पटक बसेको सर्वदलिय बैठकबाट पनि निर्णय हुन नसकेको स्थानीयबासी रामु भट्टराईले जानकारी दिए। 

स्याङ्जामा ५ नगरपालिकासहित ६ गाउँपालिका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.