महोत्तरीमा मतगणना : माओवादी केन्द्र- २, कांग्रेस- १ र स्वतन्त्र १ वडाअध्यक्ष निर्वाचित
महोत्तरी : महोत्तरीका ३ पालिकामा ४ जना वडाअध्यक्षहरु निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका २ र नेपाली कांग्रेसका १ र स्वतन्त्रतर्फका १ जना वडाअध्यक्ष निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयको स्रोतका अनुसार वर्दिवास नगरपालिका वडा नं. ८ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार शमसेर सिंह लामा विजयी भएका छन । त्यस्तै सोही पालिकाको वडा नं. ७ को तर्फबाट स्वतन्त्र उम्मेदवार रामसोगारथ यादव विजयी हासिल गरेका छन् ।
यता सम्सी गाँउपालिकाका वडा नं. १ का नेपाली काँग्रेसका उम्मेदवार विपीन विहारी यादवले विजयी हासिल गरेका छन् भने रामगोपालपुर नगरपालिका वडा नं.२ मा नेकपा माओवादी केन्द्रका मुकेशकुमार यादव विजयी भएका हुन्।
प्रतिक्रिया दिनुहोस !