पुतलीबजार-२ र गल्याङ- २ मा एमालेको प्यानलै विजयी
स्याङ्जा : पुतलीबजार नगरपालिका- २ मा नेकपा एमालेका भिमबहादुर गुरुङगै उनका प्यानलै विजयी भएको छ । उनले आफ्ना प्रतिस्पर्धी बालकुमार गुरुङलाई ८६ मतान्तरले पछि पार्दै प्यानलै विजयी भएका हुन्।
गुरुङसँगै दलित महिला सदस्यमा बागमती नेपाली, महिला सदस्यमा सम्झना कुँवर, सदस्य दिनेश भुजेल र खुला सदस्यमा धनबहादुर गुरुङ निर्वाचित भएका हुन्।
विजेता अध्यक्षले ६ सय ९६ मत पाएका थिए भने उपविजेता गुरुङको ६ सय १० मत थियो । 
यसैगरी, गल्याङ नगरपालिका वडा नं. २ मा नेकपा एमाले खर्गबहादुर थापा (अशोक) विजयी भएका छन्। उनीसँगै उनको प्यानल नै विजयी भएको बताइएको छ। थापाले आफ्ना निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका धनबहादुर थापालाई २० मत अन्तरले पराजित गरेका हुन। खर्गबहादुरले ९ सय ५७ मत प्राप्त गर्दे धनबहादुरले ९ सय ३७ मत पाएका छन्।
प्रतिक्रिया दिनुहोस !