विजयको खुसीयाली मनाउँदा बेहोस भएका वडा सदस्यको मृत्यु
धनकुटा : चौविसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडा सदस्य सूर्यअटल मगरको मृत्यु भएको छ । मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दै बेहोस भएर ढलेको र उपचारकाको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको धनकुटाका प्रहरी नायव उपरीक्षक चिरञ्जीबी दाहालले जानकारी दिए ।
शनिबार आएको मत परिणाम अनुसार चौविसे गाउँपालिका वडा नं. २ को वडा सदस्यमा नेकपा एमालेको तर्फबाट उम्मेदवार रही विजयी भएका थिए ।
प्रतिक्रिया दिनुहोस !