पाल्पामा २७ वडाको मतपरिणाम, १४ मा एमाले, ११ मा कांग्रेस र १ मा माओवादी
तानसेन : पाल्पामा आईतबार १ बजेसम्म २७ वटा वडामा मतगणना सम्पन्न भएको छ। भने ५४ वडाको मत परिणाम सार्वजनिक हुन बाकी रहेको छ।
मतगणना सम्पन्न भएको २७ वडाहरु मध्ये नेकपा एमालेले १४ वटा वडामा विजय हासिल गरेको छ भने नेपाली कांग्रेसले ११ वटा वडामा विजय हासिल गरेको छ। नेकपा माओवादी केन्द्रले १ वडामा विजय हासिल गरेको छ भने १ वडाको परिणाम स्थगित भएको छ।
नेकपा एमालेले पूर्वखोला गाउँपालिकामा ४ वडा, निस्दी गाउँपालिकाकामा २ वडा, रामपुर नगरपालिकामा १ वडा, माथागढी गाउँपालिकामा २ वडा, तिनाउँ गाउँपालिकामा ३ वडा, रिव्दीकोट गाउँपालिकामा १ वडा, रैनादेवी छहरा गाउँपालिकामा १ वडामा विजय हासिल गरेको छ।
नेपाली कांग्रेसले तानसेन नगरपालिकामा ४ वडा, माथागढी गाउँपालिकामा ३ वडा, रामपुर नगरपालिकामा १ वडा, बगनासकाली गाउँपालिकामा १ वडा र तिनाउ गाउँपालिकामा १ वडा र रैनादेवीछहरा गाउँपालिकामा १ वडा विजय हासिल गरेको छ। नेकपा माओवादीले रैनादेवी छहरा गाउँपालिकामा १ वडामा विजय हासिल गरेको छ।
प्रतिक्रिया दिनुहोस !