अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित

अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित भएको छ। नेपाली कांग्रेसका उम्मेद्वारले वडा नम्बर ३ को पुनःमतगणनाको माग गरेपछि विहान १२ बजेदेखि रोकिएको मतगणना अझै सुरु भएको छैन। 

निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी र राजनीतिक दलका प्रतिनिधिहरुबीचको छलफलमा मतगणना अघि बढाउने विषयमा सहमति नजुटेपछि पुन मतगणनाका लागि निर्वाचन आयोगमा अनुमति मागिएको छ। निर्वाचन अधिकृत जानुका सुवेदीले पुनमतगणनाको निवेदन निर्वाचन आयोगमा पठाइएको र आयोगको निर्णय नआउँदासम्मका लागि मतगणना स्थगित भएको बताइन्।  

निर्वाचन अधिकृतको कार्यालयले अन्नपूर्ण–३ दानामा नेकपा एमालेका वडाध्यक्षका उम्मेद्वार रमेश पुर्जाले ५३४ मत ल्याएर विजयी भएको घोषणा गरेको थियो। नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्वार सुरत केसीले ५०८ मत पाएको घोषणा भएको थियो। 

वडा नम्बर ४ को मतगणना गर्न थालेपछि केसी र कांग्रेसका प्रतिनिधीले पुनःमतगणनाको माग गरेका हुन्। अन्नपूर्ण–३ मा खसेको मत भन्दा गणना भएको मत संख्या बढी भएको केसीको भनाई छ। एक हजार ५४५ जना मतदाता रहेको सो वडाको ज्ञानप्रकाश मतदान केन्द्रमा शुक्रवार भएको मतदानमा एक हजार ७६ मत खसेको थियो। 

पुनमतगणनाको माग गर्दै कांग्रेसका कार्यकर्ताहरुले निर्वाचन अधिकृतको कार्यालय परिसरमा नारावाजी गरेका थिए। बिवाद समाधानका लागि प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानालगायत सुरक्षा अधिकारी अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर पुगेका थिए। निर्वाचन अधिकृतको कार्यालय परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ। 

अन्नपूर्ण १ मा एमालेका दिलिपकुमार गर्बुजा र २ मा एमालेकै ओमप्रकाश फगामी निर्वाचित भएका थिए। अन्नपूर्णको २ वटा वडाको एक हजार ५७ मत गनेर सकिदाँसम्म अध्यक्षमा एमालेका पुनले ६९१, कांग्रेसका तिलिजाले ३४२, उपाध्यक्षमा एमालेकी दिवाकुमारी पुनले ६६२ र कांग्रेसले ललिता तिलिजा पुनले ३४४ मत पाएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.