निर्वाचन स्थगित भएको धनकुटाको सहिदभूमि गाउँपालिकामा ३ केन्द्रको मतदान सुरु

निर्वाचन स्थगित भएको धनकुटाको सहिदभूमि गाउँपालिकामा ३ केन्द्रको मतदान सुरु

धनकुटा  : गत वैशाख ३० गते शुक्रबार मतदान प्रक्रियामा नेकपा एमाले र गठबन्धनका प्रतिनिधिबीच विवाद हुँदा स्थगित भएको सहिदभूमि गाउँपालिका वडा नं. ६ को तीनवटा केन्द्रमा आज मतदान सुरु भएको छ । 
सो वडाको ठाकुरदेवी माध्यमिक र ६ नं. वडा कार्यालयको तीनवडा मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान काइ भइरहेको निर्वाचन अधिकृत रुद्रमणी गिरीले बताए । 

विवादको कारण गत शुक्रबार बिहान साढे ११ बजेदेखि यस केन्द्रमा मतदान प्रक्रिया रोकिएको थियो । अशक्त, असहाय, तथा ज्येष्ठ मतदाताहरुको तर्फबाट एउटै व्यक्तिले पटक–पटक मतदान गरेको विषयमा विवाद भएको थियो । 

विवादले मतदान कार्य अवरुद्ध हुँदा पटकपटक सर्बदलीय बैठक राख्दा समेत बेलुका ५ बजेसम्म पनि विवादको निरुपण हुन सकेको थिएन । सहिदभूमि निर्वाचन कार्यालयले विवादकाबीच मतदान कार्य सञ्चालन गरे थप भौतिक क्षति समेत हुने निष्कर्ष निकाली मतदान प्रक्रिया स्थगित गरेको थियो ।  

तीन केन्द्रमा २५ सय १३ मतदाता रहेका छन् । मतदान प्रक्रिया स्थगित हुनुपूर्व ८ सय १२ मत खसेको थियो । सो दिन खसेको मतलाई रद्द गरिएको छ । पुन सुरुदेखि नै मतदान कार्य भइरहेको छ । अहिले शान्तिपूर्ण तरिकाले मतदान भइरहको उनले बताए । 

मतदान केन्द्रको सुरक्षा व्यवस्थालाई कडाई गरिएको छ । पुनमतदान लागि नयाँ कर्मचारी खटाइएको छ । पुरानो कर्मचारीको सेट परिवर्तन गरिएको उनले बताए । साँझ ५ बजे भित्र मतदान कार्य सम्पन्न गरी दलका प्रतिनिधि तथा उम्मेदवासँग सर्बदलीय बैठक भएपछि मतगणना सुरु हुने उनको भनाइ छ । 

पिप्लेस्थित सहिदभूमि गाउँपालिकाको कार्यालय रहेको भवनको माथिल्लो तलामा मत गणनाको व्यवस्था गरिएको छ । सम्भवत बेलुकादेखि नै मत गणना हुने जानकारी दिइएको छ । निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृत सँगको समन्वयमा नयाँ मिति तोकिएको थियो । 

सहिदभूमि गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका जेवी राई र नेकपा एमालेको तर्फबाट निवर्तमान अध्यक्ष मनोज राई उम्मेदवार छन्।


 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.