धनकुटाको महालक्ष्मी-६ को वडाध्यक्षमा कांग्रेसका शिवराज विक प्यानलसहित विजयी
धनकुटा : जिल्लाको ६० वडामध्ये एउटा वडाध्यक्षमा मात्रै दलित उम्मेदवार विजयी भएका छन्। वडाध्यक्षमा कांग्रेसका उम्मेदवार शिवराव विक प्यानलसहित विजयी भएका हुन्।
निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार डम्बरबहादुर कार्कीलाई २ सय ६४ मतान्तरले पराजित गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । विजयी विकले ६ सय ५२ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी कार्कीले ३ सय ८८ मत प्राप्त गरेका थिए ।
गठबन्धनको तर्फबाट नेपाली कांग्रेस प्रदेश नं. १ का सदस्य समेत रहेका उनी जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. ६ को वडाध्यक्षका उम्मेदवार बनेका थिए ।
उनको प्यानलका खुल्ला वडा सदस्यहरु टेकबहादुर तामाङ्ग, तेजबहादुर श्रेष्ठ, महिला सदस्यमा संगीता थापा, दलित महिला सदस्यमा कमला सुन्दास (दर्जी) विजयी भए ।
अघिल्लो २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उनि नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा उठेका थिए ।
तर, उनी नेकपा एमालेका उम्मेदवार डम्बरबहादुर कार्कीसँग ८ मतले पराजित भएका थिए ।
वडाध्यक्षमा विजयी काकीले ३ सय ३ मत प्राप्त गरेका थिए भने पराजित शिवराज विश्वकर्माले २ सय ९५ मत प्राप्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !