साँगुरीगढी र छथरजोरपाटीमा गठबन्धनको जीत, चौविसेमा एमाले विजयी

साँगुरीगढी र छथरजोरपाटीमा गठबन्धनको जीत, चौविसेमा एमाले विजयी

धनकुटा: जिल्लाको सात स्थानीय तहमध्ये तीन स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। तीन तहमध्ये साँगुरीगढी र छथरजोरपाटी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। चौविसे गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।  

साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनतर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जीतेन्द्र राई विजयी भएका छन्। उनले निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमार जंग याखालाई ५ सय ७१ मतले पराजित गरे। अन्तिम मत परिणामअनुसार अध्यक्षमा विजय भएका राईले ५ हजार ३ सय ९९ र उनका प्रतिद्वन्द्वी याखाले ४ हजार ८ सय २८ मत प्राप्त गरेका थिए। 

अघिल्लो २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि यी दुई उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। जसमा एमालेका कुमारजंग याखाले ११ सय १६ मत बढी ल्याएर बाजी मारेका थिए। त्यति बेला याखाले ४ हजार ४ सय ४९ र जितेन्द्र राईले ३ हजार ३ सय ३३ मत ल्याएका थिए। यो चुनावमा भने यी दुई बीचको मतान्तर ५ सय ७१ हुन पुग्यो। जसमा कांग्रेसका राईले बाजी मार्न सफल भए। 

गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेको उम्मेदवार मुना राई विजयी भइन्। उनले गठबन्धनतर्फबाट उम्मेदवार बनेका जसपाका लिलाराज लावतीलाई ५ सय १५ मतले पराजित गरिन्। विजयी राईले ४ हजार ६ सय ५० र लावतीले ४ हजार १ सय ३६ प्राप्त गरे।   

साँगुरीगढी गाउँपालिकाको कुल १० वडामध्ये ६ वडामा नेकपा एमाले र ४ वडामा गठबन्धनका उम्मेदवार विजयी बने। नेकपा एमालेतर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका वडा नं. १ मा गोविन्द लिम्बू, वडा नं. ४ मा जीवनकुमार लिम्बू, वडा नं. ७ मा पूर्णप्रसाद राई, वडा नं ८ मा हृदयनारायण राई, वडा नं. ९ मा जीतबहादुर राई र वडा नं. १० मा एकबहादुर राई विजयी भए। त्यस्तै गठबन्धनबाट वडाध्यक्षको उम्मेदवार बनेका २ नं. वडामा योगेन्द्रबहादुर इङ्नाम (लिम्बू), वडा नं. ३ मा टेकप्रसाद लिम्बू, वडा नं ५ मा खड्गबहादुर लिम्बू र वडा नं. ६ मा यमप्रकाश मगर विजयी भए। 
 
यसै गरी चौविसे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेको उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा गठबन्धनका उम्मेदवार दलबहादुर मगरलाई १ हजार ४७ मतले पराजित गर्दै एमालेका उम्मेदवार राजकुमार लिम्बू विजयी भए। उनले ५ हजार ३५ र मगरले ३ हजार ९ सय ९१ मत प्राप्त गरे। त्यस्तै उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार टंक माया पाङ्मी मगरले मगर गठबन्धनका मंगलकुमार लिम्बूलाई ९ सय ९५ मत पराजित गर्दै विजयी भइन्। 

विजयी मगरले ४ हजार ९ सय ८३ र पराजित लिम्बूले ३ हजार ९ सय ८८ मत प्राप्त गरे। गाउँपालिकाको वडामा पनि नेकपा एमालेकै वर्चश्व भएको छ। नेकपा एमालेको तर्फबाट वडाध्यक्षम उम्मेदवार बनेका वडा नं. २ मा एनोज तुम्सा, वडा नं. ३ मा मदन तुम्सा, वडा नं. ४ मा लोकेन्द्र मगर, वडा नं. ५ मा आशिष लिम्बु, वडा न.. ८ मा धनकुमार लिम्बु विजयी भए। त्यस्तै गठबन्धनको तर्फबाट वडाध्यक्षमा उम्मेदवार वनेका वडा नं. १ मा दिपकुमार श्रेष्ठ, वडा नं. ६ मा आशिष लिम्बू र वडा नं. ७ मा रुद्रप्रसाद चेम्जोङ्ग (लिम्बू), विजयी भए। 

यस्तै छथरजोरपाटी गाउँपालिकाको अध्यक्ष-उपाध्यक्षसहित अधिकांश वडामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। गाउँपालिकाको अध्यक्षमा गठबन्धनतर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका छत्रबहादुर सुब्बा विजयी भए। उनले गाउँपालिकाको निवर्तमान अध्यक्षसमेत रहेका नेकपा एमालेका उम्मेदवार शेरबहादुर लिम्बूलाई १ सय ९५ मतले पराजित गरे। विजयी सुब्बाले ४ हजार ३ सय ५९ मत र पराजित लिम्बूले ४ हजार १ सय ६४ मत प्राप्त गरे। त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनतर्फबाट उम्मेदवार नेकपा माओवादी केन्द्रकी गिता खेवा गुरुङ विजयी भइन्।

उनले नेकपा एमालेकी उम्मेदवार गोमा कार्की दाहाललाई ६ सय ९६ मतले पराजित गरिन्। गुरुङले ४ हजार ३ सय ८७ र पराजित कार्कीले ३ हजार ६ सय ९१ मत प्राप्त गरे। उपाध्यक्षमा विजयी गुरुङ नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थराज्य मन्त्री स्वर्गीय हरिराज खेवाको श्रीमतीसमेत हुन्। गत २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीको तर्फबाट गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनेकी उनी नेकपा एमालेकी उम्मेदवार भीमकला श्रेष्ठसँग १ हजार २ सय १६ मतले पराजित भएकी थिइन्। त्यो बेला गुरुङले २ हजार ७३ र श्रेष्ठले ३ हजार २ सय ८९ मत प्राप्त गरेका थिए। 

गाउँपालिकाका वडाहरुमा गठबन्धनको वर्चश्व रह्यो। ६ वडामध्ये गठबन्धनले ४ वडामा जीत हासिल गर्दा नेकपा एमालले २ वडामा मात्रै विजय हासिल गर्न सफल भयो। अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले ६ मध्ये ५ वडा जितेको थियो। गठबन्धनको तर्फबाट वडाध्यक्षमा उम्मेदवार वनेका वडा नं १ मा गोविन्द लिम्बू, वडा नं. २ मा कृष्णसारु मगर, वडा नं. ५ मा डिकबहादुर लिम्बू, वडा नं. ६ मा दिपक गुरुङ विजयी भए। त्यस्तै नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका वडा नं. ३ मा ज्ञानबहादुर लिम्बू, वडा नं ४ मा टेकबहादुर तामाङले मात्रै जित हासिल गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.