नुवाकोटमा तीन दिन लगाएर आधा वडाको मतपरिणाम
नुवाकोट : स्थानीय तह सदस्य निर्वाचन २०७९को निर्वाचन अन्तर्गत नुवाकोटको आधा वडामा मतगणना सम्पन्न भएको छ। १२ स्थानीय तहमा रहेका ८८ वडामध्ये अर्थात् ४४ वडाको मत गणना सम्पन्न भएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेसले २० वडा, नेकपा माओवादी केन्द्रले १२ वडा, नेकपा एमालेले ११ वडामा जीत हासिल गरेका छन्। मत परिणामको नतिजा अनुसार नुवाकोटका स्थानीय तहमा सोमबार वेलुकीसम्म १ सय ७० जना उम्मेदवारहरु निर्वाचित भएका छन्।
जसमा एक जना गाउँपालिका अध्यक्ष, एक जना उपाध्यक्ष, ४४ जना वडाध्यक्षलगायत निर्वाचित भएका छन्। मत गणना जारी रहेकोले थप परिणाम आउन बाँकी रहेको छ।
प्रतिक्रिया दिनुहोस !
४