बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी
गोरखा : गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । ५,७१९ मत प्राप्त गरी गाउँपालिकाको अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा ५,७६५ मत ल्याईसनमाया गुरुङ विजयी भएका हुन् ।
अध्यक्षका निकटत्तम प्रतिद्वन्द्वी कांग्रेसका जितबहादुर घलेले ४८६४ मत ल्याएका थिए भने उपाध्यक्षकी प्रतिद्वन्द्वी कांग्रेसकी लेखमाया रानाले ४,५७५ मत ल्याएकी थिइन् ।
अध्यक्ष र उपाध्यक्ष दुबै जना यसअघिको पहिलो कार्यकालमा पनि विजयी भएका थिए ।
सो पालिकाको वडा नम्बर २, ४, ५, ६ र ७ मा माओवादी केन्द्र विजयी बनेको छ भने वडा नम्बर १, ३ र ८ मा नेपाली कांग्रेस विजयी बनेका छन् ।
प्रतिक्रिया दिनुहोस !