सर्लाहीको कौडेनामा काङ्ग्रेसका उम्मेदवार निर्वाचित

मलङ्वा : सर्लाहीको कौडेना गाउँपालिका अध्यक्षमा नेपाली काङ्ग्रेसका रुपेश कुमार निर्वाचित भएका छन्।
रुपेशले जसपाका राजनन्दन प्रसादलाई २ हजार ८ सय ४० मतले पछि पार्दै विजयी बनेका छन्।
रुपेशले ५ हजार २ सय ८१ मत ल्याएका छन् भने राजिनन्दनले २ हजार ४ सय ४१ मत ल्याएका छन्।
त्यसैगरी उपाध्यक्षमा काङ्ग्रेसकै नगिना देवी निर्वाचित भएकी छिन्।
नगिनाले ४ हजार ९ सय ६३ मत प्राप्त गरेकी छिन् भने जसपाकी पलबी देवीले २ हजार ६ सय ७२ प्राप्त गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस !
