गायिका बनिन् गाउँपालिका उपाध्यक्ष

गायिका बनिन् गाउँपालिका उपाध्यक्ष

गोरखा : ‘म त चेली उत्तरी गोरखाको’ बोलको गीतकी गायिक सुनिला गुरुङ धार्चे गाउँपालिकाको उपप्रमुखमा विजयी भएकी छन्। मंगलबार सम्पन्न मतगणना अनुसार चर्चित गायिका गुरुङ माओवादीको तर्फबाट ३,७७९ मत प्राप्त गरी विजयी भएकी हुन्।

गोरखा सांस्कृतिक समाजकी कोषाध्यक्षसमेत रहेकी उनी धार्चे गाउँपालिका-६ काशिगाउँ निवासी हुन्। उनी कलाकारिता क्षेत्रसंगै हाल राजधानीमा व्यवसाय पनि सञ्चालन गर्दै आएकी छिन्।

उनी २०६५ सालदेखि कलाकारिता क्षेत्रमा उदाएकी हुन्। गायन कलाको १५ वर्षको दौरानमा उनले दर्जनौँ गीत गाएकी छिन्। विशेषगरी धार्चे क्षेत्रको लोकगीत संकलन गरी उनले गीति एल्बमहरु, म्युजिक भिडियोहरु बजारमा ल्याएकी छिन्। आफ्नै लगानीका १२ भन्दा धेरै म्युजिक भिडियोहरु बजारमा छन्।

धार्चे क्षेत्रका लोकगीत, यस क्षेत्रका प्रवद्र्धनात्मक गीत गाएकी तथा मोडलिङसमेत गरेकी उनी राजनीति र समाजसेवा क्षेत्रमा प्रवेश गरेसंग सानदार विजय हाँसिल गरेकी छिन्।

धार्चे गाउँपालिका गोरखाको दुर्गम भेगमा रहेको गाउँपालिका हो। दुर्गम गाउँमा जन्मेर लामो समय देश, विदेश देखे घुमेर अनुभव संगालेकी उनीसित गाउँपालिकाको विकास गर्ने ठूलो सपना छ।

‘सबैभन्दा प्रमुख कुरा म हाम्रो गाउँपालिकाका महिलाहरुको हितमा काम गर्नेछु। बाल बिबाहको बिकराल अबस्था छ। त्यसलाई अन्त्य गर्ने मेरो लक्ष्य हुनेछ’, उनी भन्छिन्, ‘समान कामको समान ज्यालाको नीति निर्माणमा पहल गर्नेछु। गर्भवती तथा सुत्केरी महिलामैत्री काम गर्ने पनि मेरो प्राथमिकता हुनेछ।’ साथै उनले विभिन्न सीपमुलक कार्यक्रम गरी महिलाहरुलाई स्वरोजगार बनाउन पहल गर्ने बताइन्। ‘सुरक्षित सुत्केरी कार्यक्रम अन्तर्गत घरमा सुत्केरी हुने दर घटाउनेछु’, उनी भन्छिन्, ‘गाउँका युवाहरु सबै विदेशिएर गाउँ युवा सुन्य भएको छ। युवाहरुलाई सीप सिकाएर स्वरोजगार हुन पहल गर्नेछु।’ साथै उनले आफ्नो गाउँठाउँका कला, भाषा, संस्कार, संस्कृतिको संरक्षण, विकास, प्रचार प्रसार गर्न पनि पहल गर्ने बताइन्। ‘हाम्रो गाउँमा यति धेरै कला, संस्कृति छ  कि, यसको प्रचार प्रसार गर्न सके धेरै राम्रो हुन्छ भन्ने मैले बुझेको छु’, उनी भन्छिन्, ‘बाटोघाटो, शिक्षा, स्वास्थ्य शिक्षाका क्षेत्रमा पनि धेरै काम गर्नुपर्ने छ।’ सबैलाई समेटेर गाउँको सेवामा तल्लीन हुने उनले बताइन्।

राजनीति तथा समाजसेवाको क्षेत्रमा लाग्दा आफूभित्र निहित कलाकारिता मर्न नदिन पनि उनले योजना बनाएकी छिन्। ‘मलाई चिनाएकै मेरो कलाकारिताले हो, त्यसैले म जुनसुकै चुनौति सामना गरेर पनि कलाकारिता मर्न दिन्न’, उनी भन्छिन्, ‘मेरो नशानशामा गीतसंगीत बगेको छ त्यसैले यसलाई मर्न त म दिँदैदिन्न। मेसोमेलो मिलाएर यसलाई विकास गर्ने मौका पनि चुकाउँदिन।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.