थाहा नगर प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा कांग्रेस निर्वाचित
मकवानपुर : मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रले आफ्नो विरासत कायम राखेको छ । एमालेका उम्मेदवारलाई पराजित गर्दै गठबन्धन दल माओवादीका विष्णु विष्ट मेयर निर्वाचित भएका हुन्।
उपमेयरमा कांग्रेसका भरत गोपाली विजयी भएका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि थाहाको मेयरमा माओवादी केन्द्र र उपमेयरमा कांग्रेस विजयी भएको थियो ।
मेयर विष्णु विष्टले ९ हजार ७ सय १९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार अच्युतम ढकालले ७ हजार ७ सय ७१ मत प्राप्त गरे । उपमेयरमा कांग्रेसका भरत गोपालीले ८ हजार ६ सय ७ मत प्राप्त गरे । उपमेयरमा एमालेकी कल्पना बलामीले ८ हजार ५ सय २२ मत प्राप्त गरिन् । थाहामा कुल २३ हजार ५६ मत खसेको थियो । थाहामा माओवादीले ६ वटा, कांग्रेस र एमालेले ३/३ वटा वडा अध्यक्ष जितेको छ ।