मुखियापट्टी मुसहरनियामा जसपाका उम्मेदवार विजयी
ढल्केवर(धनुषा) : धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा जनता समाजवादी पार्टी(जसपा) विजयी भएको छ। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा जसपाका उम्मेदवार विजयी भएका हुन्।
जसपाबाट गाउँपालिका अध्यक्षका उम्मेदवार रहेका जयकुमार यादव निर्वाचित भएका हुन्। उनले नेपाली कांग्रेसका रामबाबु यादवलाई २ हजार ९५५ मतान्तरले पराजित गरेका छन्।
गाउँपालिका अध्यक्षमा निर्वाचित भएका जयकुमारले ५ हजार ४१० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्धी रामबाबु यादवले २ हजार ४५५ मत प्राप्त गरेका छन्।
यसैगरी उपाध्यक्ष पदमा पनि जसपाकै सैदा खातुनले ४ हजार ४१४ मत प्राप्त गर्दै निर्वाचित भएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्धी कांग्रेसकी अनिता कुमारीले ३ हजार १५२ मत प्राप्त गरेकी छिन्।
छ वटा वडा रहेको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा चारवटामा जनता समाजवादी पार्टी र नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादी पार्टीले एक–एक वडामा जित हात पारेको छ।
प्रतिक्रिया दिनुहोस !