सिरहा नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

सिरहा नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

सिरहा : सिरहा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।

एमालेका जिल्ला उपाध्यक्षसमेत रहेका डा.नवीनकुमार यादव मेयर र बबिताकुमारी साह उपमेयरमा निर्वाचित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाले सार्वजनिक गरेको मत परिणामअनुसार मेयर डा.यादव दुई हजार दुई सय २३ मत अन्तरले विजयी भएका हुन् । उनले ११ हजार एक सय ४३ मत प्राप्त गरेका छन् ।

निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधेस प्रदेश महामन्त्री उपेन्द्रकुमार यादवले आठ हजार सात सय २० मत पाएका छन् ।

जनता समाजवादी पार्टीका नगर अध्यक्ष एवं निवर्तमान मेयर अशेश्वरप्रसाद यादवले सात हजार सात सय ३४ र नेकपा एकीकृत समाजवादी पार्टीका रिताकुमारी यादवले पाँच हजार नौ सय तीन मत प्राप्त गरेका छन् । 

रिता यादव मधेस प्रदेशका मन्त्री प्रमोद यादवको पत्नी हुन् । सुरु मन्त्री यादव आफै राजनीमा दिएर मेयरमा चुनाव लड्न आएको थियो । उनी पछि हटेर पत्नीलाई मेयरमा उठाएको थियो ।

मेयरमा निर्वाचित डा. यादव स्थानीय तह निर्वाचन २०७४ मा जसपा नेपालका अशेश्वरप्रसाद यादवसँग एक सय ७१ मत अन्तरले पराजित भएका थिए । यस्तै उपमेयरमा निर्वाचित साहले १० हजार एक सय २६ मत प्राप्त गरेका छन् । उनी एक हजार पाँच सय ३७ मतअन्तरले विजयी भएकी छिन् ।

 निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सरिताकुमारी यादवले आठ हजार पाँच ८९, जनता समाजवादी पार्टी नेपालकी शशि ऋषि मित्रा माझी मुसहरले सात  हजार आठ सय ५५ र नेकपा एकीकृत समाजवादी पार्टीकी रवीन्द्रकुमार साहले ६ हजार सात सय ४२ मत प्राप्त गरेका छन् ।

मेयरमा निर्वाचित डा. यादव ०७० मा दोस्रो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट सिराहा क्षेत्र नम्बर ३ बाट संविधानसभा निर्वाचनमा उम्मेदवारी दिएर पराजित भएका थिए । ०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा सिरहा नगरपालिकाको मेयरमा एक सय ७१ मत अन्तरले पराजित भए पनि एमालेकी डा। नमिता यादव उपमेयरमा निर्वाचित भएकी थिइन् ।

यो नगरपालिकामा २२ वटा वडा मध्ये ३, ८, १०, १२, १३, १४, १६ गरी ७ वटामा एमाले, १, ९, १५, ११ गरी ४ वटामा जसपा, २, १७, १८, २० गरी ४ वटामा कांग्रेस, ४, ५, ६, ७, २२ गरी ५ वटामा एकिकृत समाजवादी, वडा १९ मा माओवादी केन्द्र र वडा २१ मा स्वतन्त्र उम्मेदवार वडाअध्यक्षमा विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.