एमाले सिरहाका अध्यक्ष गाउँपालिका अध्यक्षमा पराजित

एमाले सिरहाका अध्यक्ष गाउँपालिका अध्यक्षमा पराजित

सिरहा : नेकपा एमालेका सिरहा जिल्ला अध्यक्ष चन्देश्वर मण्डल गाउँपालिका अध्यक्षमा पराजित भएका छन् ।

उनको गाउँपालिकामा जनता समाजवादी पार्टीका अशोक कुमार यादव विजयी भएको हुन्।

विजयी भएका जसपाका अशोक यादव ३२३३ मत प्राप्त गरेका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी एमाले जिल्ला अध्यक्ष मण्डलले २८१० मत प्राप्त गरे। 

यसैगरी, माओवादी केन्द्रका ठकुर महतो २२२० मत ल्याएका छन् । उनी ०७४ मा गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । नेपाली कांग्रेसका उम्मेदवार
धर्मदेव कामती १९५१ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपाध्यक्षमा जसपाका शोभाकुमारी साह विजयी भएका छन्। 

उनले  ३१५९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रामपुकारीदेवी कोइरीनले २९५७ मत पाएन।

माओवादी केन्द्रकी सियावती मुखिया २२३९ मत पाइन्। उनी ०७४ मा १ मतले गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका थिए । 

कांग्रेसकी नयनकुमारी यादव १९३३ मत प्राप्त गरे

वडा १ माओवादी केन्द्रका गफार मियाँ, वडा २ मा एमालेका दिपेन्द्रकुमार यादव, वडा ३ मा जसपाका महेश कुमार यादव, वडा ४ मा एमालेका शिवशंकर यादव र वडा ५ मा जसपाका मनिकलाल यादव विजयी भए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.