प्रधानसेनापतिद्वारा माछाखोला बेलिब्रिज उद्घाटन
गोरखा : नेपाली सेनाले माछाखोलामा निर्माण गरेको बेलिब्रिज उद्घाटन गरिएको छ। नेपाली सेनाले दुई करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गरेको माछाखोला पुलको बिहिबार एक समारोहका बीच प्रधानसेनापछि प्रभुराम शर्माले उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा रक्षा सचिव किरणराज शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ शर्मा, सडक विभागका निमित्त महानिर्देशक शिवप्रसाद नेपाल, पुल महशाखाका उपमहानिर्देशक उमेशविन्दु श्रेष्ठलगायत सहभागी थिए।
बेनिघाट, आरुघाट लार्के सडक निर्माण गरिरहेको नेपाली सेनाले हालै माछाखोलामा १२० फिट बेलिब्रिज निर्माण गरेको थियो।
२०७४ सालदेखि निर्माणको जिम्मा लिएको सेनाले अहिलेसम्म ३२ किलोमिटर सडकको ट्रयाक खोलिसकेको छ। दोभानसम्मको १८ किलोमिटर खण्डमा गाडी चल्न सुरु गरेको सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !