लहान नगरपालिका २४ मा जसपाका रासलाल प्यानलसहित विजयी

लहान नगरपालिका २४ मा जसपाका रासलाल प्यानलसहित विजयी

सिरहा : लहान नगरपालिका २४ बाट जनता समाजवादी पार्टी (जसपा) का रासलाल राय राजपुत प्यानलसहित विजयी भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार कमलदेव यादवभन्दा ८७६ मत बढी प्राप्त गरेका छन् । रायले १६७८ मत पाउँदा यादवले ८०२ मत प्राप्त गरेका छन् । 

नवनिर्वाचित राय उम्मेदवारी दर्ताको दिनसम्म कांग्रेस नगरसभापति थिए । वडादेखि क्षेत्रीय संसदीय समितिले उनै रायलाई वडाअध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो। वैशाख ११ गते  क्षेत्रीय सभापति महेश चौधरीले उनलाई टिकट पनि दिए ।

तर, त्यसको केही घण्टाभित्रै जिल्ला सभापति रामचन्द्र यादवको घरबाट पूर्वमन्त्री कांग्रेस केन्द्रीय सदस्य चित्रलेखा यादवले आफ्ना आफन्त पर्ने विरेन्द्र यादवलाई जर्बजस्ती अर्को टिकट बाँडिन् । 

एउटै वडामा दुईजनालाई टिकट दिएपछि कांग्रेसमा विवाद बढ्दै गयो । कसको उम्मेदवारी सदर हुने ? कसको बदर हुने बहस चल्यो । रायले विभिन्न व्यक्तिहरुसँग सल्लाह लिए । निर्वाचन समितिले पनि यस्तो अवस्थामा पार्टीले आधिकारिक पत्र पठाएको व्यक्ति सदर हुने जनाएपछि राय अल्मल्लमा परे । 

रायलाई हजारौं स्थानीय कार्यकर्ताले जसरी पनि चुनाव लड्नै पर्ने दबाब दिए । उनले  वैशाख १२ गते पत्रकार सम्मेलन गरे । कांग्रेस जिल्ला सभापति रामचन्द्र र केन्द्रीय सदस्य चित्रलेखा यादवलाई त्यहीबाट विवाद सुल्झाउन अल्टिमेटम दिए । तर, उनको कुरा सुनिएन । 

उनको कुरा नसुन्नुमा कारण थियो  केही महिनाअघि मात्रै जिल्ला अधिवेशन । राय नेता रामसुन्दर चौधरी पक्षमा लागेको थियो । अधिवेशनमा मतदानको बेला विवाद भयो । धाँधली भएको भन्दै चौधरी पक्ष पुनः मतदानको माग गर्यो । त्यसको कुनै सुनुवाइ भएन । राय चौधरीको पक्षमा लागेकै रिस नेताहरुले उनीमाथि पोख्दै टिकट काटेका थिए।

राय निकटका नेताहरुका अनुसार स्वतन्त्र उम्मेदवारी दिने कि भन्नेबारे छलफल भयो । त्यहाँ वडा अध्यक्ष र वडा सदस्यहरुको चिन्ह फरक पर्ला कि भन्ने कुरा चल्यो । त्यसपछि उनी जसपामा प्रवेश गरेर चुनाव लड्ने निर्णयमा पुगे।

किनभने यो वडामा ०७४ को निर्वाचनमा तत्कालिन फोरम र राजपाका उम्मेदवारले करिब ५ को हराहरीमा मत ल्याएका थिए । 

राय वैशाख १२ गते उम्मेदवारीकै दिन जसपा प्रवेश गरे । टिकट लिए र चुनाव लडे । अधिकांश कांग्रेस कार्यकर्ताहरु रासलाल रायलाई जिताउन खटे । वडा अध्यक्षमा प्यानसहित उनी विजयी भए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.