सीमा नाका खुलाउने नवनिर्वाचित अध्यक्ष लामाको धोको

सीमा नाका खुलाउने नवनिर्वाचित अध्यक्ष लामाको धोको

गोरखा : भर्खरै सम्पन्न निर्वाचनबाट चुमनुब्री गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका निमा लामाले विगत तीन वर्षदेखि बन्द रहेको चिनियाँ नाका खुलाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन्। कोभिडको कारण देखाउँदै चीन सरकारले एकतर्फीरुपमा नाकाबन्दी गर्दा सीमा क्षेत्रका बासिन्दा समस्यामा परेको भन्दै उनले नाका खुलाउन पहल गर्ने बताएका हुन्। ‘तीन वर्षदेखि सीमा नाका बन्द छ। नाका बन्दहुँदा उत्तरी गोरखाको जनजीवन कस्टकर भएको छ’, उनले भने, ‘अब चिनियाँ दूतावासमा कुटनीतिक पहल गरिदिन मन्त्रालयहरुमा धाउनेछु।’ आफ्नो पहल सफल हुनेमा विश्वस्त रहेको उनको भनाइ छ।

चिनियाँ एकतर्फी नाकाबन्दीले जनजीवन कष्टकर हुँदै गएपछि यसअघि पटकपटक ज्ञापनपत्र, ध्यानाकर्षणपत्र बुझाउने काम भएको थियो। हालै निर्वाचित भएका अध्यक्ष लामा नेतृत्वको टोली, यसअघिका पालिकाका अध्यक्षको नेतृत्वको टोलीले पनि नाका खुलाउने पहलका लागि गृहमन्त्री, परराष्ट्रमन्त्री समक्ष पटकपटक लिखित तथा मौखिक ध्यानाकर्षण गरेका थिए। तर सबै पहल असफल भएको थियो।
 

तिब्बतसँगको सीमा क्षेत्रका बासिन्दाका लागि जिल्ला सदरमुकाम तथा अन्य बजारबाट दैनिक उपभोग्य सामान ओसारपसार गर्न टाढा पर्छ। नाका खुल्यो भने तिब्बती बजारबाट आयात गर्दा चाँडै पनि हुने, सस्तो पनि हुनेगर्छ। ‘पहिलो प्राथमिकता नाका खुलाउनका लागि पहल गर्ने हुनेछ’, अध्यक्ष लामाले भने, ‘बेनिघाट, आरुघाट, लार्केको उत्तर दक्षिण लोकमार्गलाई रुइला र ङुइला नाकातर्फबाट तिब्बती बजारसम्म विस्तार गर्ने कार्यक्रमलाई प्राथमिकता दिनेछ। पुर्खादेखि नै तिब्बती व्यापारीसित नूनदेखि सुनसम्मको व्यापार, लडिबुटी ब्यापार गर्दै आएको हो। नाका सुचारु भएपछि जनजीविकासित जोडिएको परस्परको व्यापार, व्यवसायलाई प्रवद्र्धन गर्ने हाम्रो पहिलो प्राथमिकता हो।’

त्यस्तै पालिकाको लेटरहेडमा तिब्बती(सम्बोता) लिपिलाई समेत अंकित गर्ने उनले बताए। ‘गाउँसभाबाट पालिका र वडाको लेटरहेडमा हाम्रो प्राचीन सम्बोता लिपि चलाउने निर्णय गर्छौँ’, उनी भन्छन्, ‘काठमाडौँ महानगरपालिकामा रञ्जना लिपि चलाउने गरेका छन्। शेर्पाहरुले पनि सम्बोता लिपि चलाएका छन्। हामी पनि हाम्रो धर्म, संस्कृतिसित जोडिएको सम्बोता लिपि चलाउने निर्णय गर्छोँ।’ कला, भाषा, संस्कृतिको विकास गर्न आफ्नो लिपि चाहिने हुँदा कक्षा पाँचसम्म सम्बोता लिपिको पठनपाठन गर्ने निर्णय गर्ने उनले बताए। ‘गुम्बा व्यवस्थापन तथा विकास समितिले पाँच कक्षासम्मको पाठ्यपुस्तक पनि सम्बोता लिपिमा तयार गरेको छ’, उनले भने, ‘अब हाम्रो पालिकाका विद्यालयहरुमा सम्बोता लिपिमा पठनपाठन गर्नेछौँ।’ चुम उपत्यकामा प्रतिपादित स्याक्या ऐन गाउँसभाबाट पारित गरी पालिकाभरि लागु गर्ने, सशस्त्र प्रहरीको बोर्डर आउटपोस्टलाई पनि स्याक्या ऐनसित तालमेल गरी कार्यान्वयन गर्न लगाउने उनले जनाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.