चिनियाँ संस्थाद्वारा सिँजाली माविका दुई सय विद्यार्थीलाई स्टेसनरी वितरण

चिनियाँ संस्थाद्वारा सिँजाली माविका दुई सय विद्यार्थीलाई स्टेसनरी वितरण

गोरखा : जिल्लामा एक चिनियाँ संस्थाले विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण गरेको छ।

विगत सातबर्षदेखि  विभिन्न जिल्लाका विद्यार्थीहरुलाई स्टेशनरी तथा व्यक्तिगत  सरसफाइका सामाग्री वितरण गरिरहेको चाइना फाउण्डेशन फर पोभर्टी इलिभेशनले गोरखाको सिँजाली माविका विद्यार्थीहरुलाई सो सामग्री वितरण गरेको हो।

साझेदारी संस्था ग्लोवल कोअपरेशन फर डेभलपमेण्टको व्यवस्थापनमा फाउण्डेशनबाट सहिद लखन गाउँपालिकाका ५ स्थित सो विद्यालयका दुईसय जना विद्यार्थीलाई सामग्री प्रदान गरिएको छ।

ग्लोवल कोअपरेशन फर डेभलपमेण्टका प्रमुख मुक्ति मरासिनीले गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरलाई सो सामग्री हस्तान्तरण गरेका थिए। थापाले सो सामग्री विद्यालयलाई हस्तान्तरण गरेका प्रधानाध्यापक बलनारायण श्रेष्ठले जानकारी दिए।

संस्थाबाट प्राप्त स्टेशनरी र व्यक्तिगत सरसफाइका २१ थरीका सामग्रीले भरिएको झोला मंगलबार विद्यार्थीलाई वितरण गरेको प्रअ श्रेष्ठले जानकारी दिए।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष थापा, दातृ संस्थाका प्रमुख मरासिनी, प्रअ श्रेष्ठ लगायतले मन्तव्य ब्यक्त गरेका थिए।

चाइना फाउण्डेशन फर पोभर्टी इलिभेशन नामक चिनियाँ दातृ संस्थाले यसबर्ष विभिन्न जिल्लाका १० हजार जना विद्यार्थीलाई सो सामग्री प्रदान गर्ने लक्ष्य राखेको मसासिनीले बताए। हालसम्म सातहजार भन्दा धेरै विद्यार्थीलाई सामग्री हस्तान्तरण गरिसकिएको उनले जानकारी दिए। सोलुखुम्बु, पर्वत, चितवन, गोरखा, लम्जुङ, बाग्लुङ, म्याग्दी, ललितपुर, काठमाडौँका विद्यार्थीलाई सहयोग सामग्री प्रदान गर्ने लक्ष्य रहेकामा बाग्लुङ र म्याग्दीबाहेक सबै जिल्लामा वितरण गरिएको उनले बताए। काठमाडौँ र ललितपुरमा पनि केही बाँकी रहेका छन्।

आउँदो असारसम्म लक्ष्यअनुसार सबैलाई वितरण गरिसक्ने उनले जनाए।

चाइना फाउण्डेशन फर पोभर्टी इलिभेशनले सन् २०१५ देखि नेपालका सामुदायिक विद्यालयका विद्यार्थीलाई आवश्यक पर्ने स्टेशनरी तथा व्यक्तिगत सरसफाइसम्बन्धी २१ किसिमका सामग्री प्रदान गर्दै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.