स्थानीय तह निर्वाचन : धनकुटामा पाँच उम्मेदवारको शून्य मत, २५ जनाले १० मत पनि कटाउन सकेनन्

स्थानीय तह निर्वाचन : धनकुटामा पाँच उम्मेदवारको शून्य मत, २५ जनाले १० मत पनि कटाउन सकेनन्

धनकुटा : गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पाँचजना उम्मेदवारले एउटा मत पनि पाउन सकेनन् ।

निर्वाचन कार्यालयको तथ्यांकअनुसार जिल्लाका विभिन्न स्थानीय तहमा वडाध्यक्षका उम्मेदवार बनेका उनीहरुले शून्य मत प्राप्त गरेका हुन् ।

शून्य मत प्राप्त गर्ने उम्मेदवारहरु स्वतन्त्रदेखि पार्टीका नेता समेत रहेका छन् । प्राप्त मतपरिणाम हेर्दा उम्मेदवार आफैले पनि आफैलाई मत हालेको देखिएन । 

धनकुटा नगरपालिका वडा नं. २ मा स्वतन्त्रतर्फ उम्मेदवार बनेका गोविन्द निरौलाको मत शून्य आएको छ । उनको चुनाव चिन्ह गुलाफमा शून्य मत खसेको थियो । 

त्यस्तै,सहिदभूमि गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेका राजु थापाको पनि प्राप्त मत शून्य रहेको छ । उनले आँप चिन्ह लिएर निर्वाचनमा सहभागी बनेका थिए । 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट छथरजोरपाटी गाउँपालिका वडा नं. ४ को वडाध्यक्षका उम्मेदवार बनेका भुपालबहादुर तामाङले पनि शून्य मत प्राप्त गरेका छन् । उनको चुनाव चिन्ह हलो थियो । 

पाख्रिवास नगरपालिका वडा नं. ८ मा वडाध्यक्षका उम्मेदवार संगितकुमार राईले पनि स्थानीय तह निर्वाचनमा शून्य मत प्राप्त गरेका छन् । उनी नेकपा एकीकृत समाजवादीको तर्फबाट उक्त वडामा वडाध्यक्षका उम्मेदवार बनेका थिए । उनको चुनाव चिन्ह कलम थियो । 

सोही नगरपालिकाको वडा नं. १० मा वडाध्यक्षका स्वतन्त्र उम्मेदवार ऋषिराम पराजुलीको पनि शून्य आएका थियो । उनको चुनाव चिन्ह आँपको फल थियो । 

२५ जनाले १० मत कटाउन सकेनन् 

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट महालक्ष्मी नगरपालिकाको वडा नं. ४ को वडाध्यक्षका उम्मेदवार शंकरबादुर पौडेल र वडा नं. ६ को वडाध्यक्षका स्वतन्त्र उम्मेदवार टेकबहादुर कुँवरले समान ९/९ मत प्राप्त गरे । 
त्यस्तै, राप्रपाबाट पाख्रिवास नगरपालिकाको वडाध्यक्षदेखि वडा सदस्यसम्म उम्मेदवार बनेका अधिकांशले १० मत कटाउन सकेनन् । 

वडा नं. ३ को वडाध्यक्ष उम्मेदवार अशोक कटुवालले ३ मत मात्रै ल्याए । उनी राप्रपाबाट उम्मेदवारी दिएका  थिए । त्यस्तै, सोही पार्टीबाट वडा नं. ६ का वडाध्यक्ष उम्मेदवार रामप्रसाद वस्तीले २ मत, ७ नं. वडाध्यक्षका उम्मेदवार प्रेमबहादुर थापाले ६ मत, वडा सदस्य उम्मेदवार हरि तामाङ्गले ६ मत, ६ नं. वडाका दलित महिला सदस्य भोजकुमार परियारले ६ मात्रै ल्याए । 

राप्रपा नेपालको तर्फबाट वडा नं. ४ का वडाध्यक्ष उम्मेदवार याङ्जी शेर्पाले ८ मत ल्याएका  थिए । एकीकृत समाजवादी पार्टीबाट वडा नं २ का वडाध्यक्ष उम्मेदवार भक्तबहादुर लुंगेली मगरले ९, जसपाबाट वडा नं. १ का दलित महिला सदस्यका उम्मेदवार सिता परियारले ८ मतमा चित्त बुझाउनु पर्‍यो।

धनकुटा नगरपालिका वडा नं. १ का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार आङदावा शेर्पाले ५ मत मात्रै प्राप्त गरे । त्यस्तै जसपाबाट वडा नं. ३ का वडाध्यक्षका उम्मेदवार बनेका जितेन्द्र राईले पनि ४ मत मात्रै प्राप्त गरेका छन् । राप्रपाबाट वडा नं. ४ का वडाध्यक्ष उम्मेदवार नविन गौतमले ८ मत, सोही पार्टीबाट वडा नं. १ का वडासदस्य उम्मेवार विष्णु विष्टले ६ मत प्राप्त गरे । त्यस्तै, नेकपा एसबाट वडा नं. ८ को वडाध्यक्षका उम्मेदवार रेमप्रसाद राईले पनि १ मत मात्रै प्राप्त गरे।

छथरजोरपाटीको विभिन्न तीन वडामा वडाध्यक्षका उम्मेदवार तीनजनाले पनि १० मत कटाउन सकेनन् । राप्रपाबाट वडा नं. २ को वडाध्यक्षका उम्मेदवार ओमबहादुर कार्कीले ७ मत मात्रै प्राप्त गरे । मंगोल नेशनल अर्गनाइजेशनको तर्फबाट वडा नं. ५ को वडाध्यक्षका उम्मेदवार ठाकुरसिंह लिम्बू, सोही पार्टीबाट वडा नं. ९ का वडाध्यक्षका उम्मेदवार मोहनकुमार लिम्बूले समान ९/९ मत प्राप्त गरे । 

सहिदभूमि गाउँपालिकाको वडाध्यक्षदेखि वडासदस्य सम्मका ५ जना उम्मेदवारहरुले पनि १० मत कटाउन सकेनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट वडा नं. २ का वडाध्यक्षका उम्मेदवार राजेन्द्र कार्कीले १ मत, वडा नं. ४ का वडाध्यक्षका उम्मेदवार जवरधन राईले ३ मत, वडा नं. ७ का वडाध्यक्षका उम्मेदवार रुविना सुनुवारले १० र वडा नं. ४ को वडासदस्य उम्मेदवार भीमबहादुर विश्वकर्माले १० मत मात्रै प्राप्त गरे । 

त्यस्तै, वडा नं. ५ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार मधुसुदन राईले ९ मत प्राप्त गरे । उनको चुनाव चिन्ह पानीको धारा थियो ।  साँगुरीगढी गाउँपालिकामा वडाध्यक्षका उम्मेदवार तीनजनाले १० मत पनि प्राप्त गर्न सकेनन् ।  वडा नं. ८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार  प्रकाश राईले ५ मत मात्रै प्राप्त गरे ।

मंगोल नेशनल अर्गनाइजेसन पार्टीका तर्फबाट वडा नं. ६ को वडाध्यक्षका उम्मेदवार श्याममान राईले ९ मत र सोही पार्टीको तर्फबाट वडा नं. ९ का वडाध्यक्ष उम्मेदवार अरुण राईले पनि ९ मत मात्रै प्राप्त गरेका छन् ।
चौविसे गाउँपालिकामा भने सबैजनाले १० मत कटाएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.