नि:शुल्क स्वास्थ्य शिविरमा एक हजार जनाद्वारा स्वास्थ्य लाभ
गोरखा : तिब्बतको सीमानामा रहेको उत्तरी गोरखाको सामागाउँमा तीन दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। एक–एक पाईला र टेर्गर च्यारिटी नेपालको संयुक्त आयोजनामा चुमनुब्री गाउँपालिका-१ सामागाउँमा आयोजित तीन दिने नि:शुल्क स्वास्थ्य शिविरमा एकहजार जनाले स्वास्थ्य लाभ लिएका हुन्।
जेठ ९, १० र ११ गते सञ्चालन भएको स्वास्थ्य शिविरमा स्थानीयवासीको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको स्थानीय मिङ्मार छिरिङ लामाले जानकारी दिए। ‘गाउँका सबै जनाको सुगर, प्रेसर, रगत, आँखा, कान, हाडजोर्नी, पेट, स्त्री तथा प्रसुती रोगलगायत विभिन्न समस्याको परीक्षण गरिएको थियो’, उनले भने, ‘सहरमा गएर यति परीक्षण गर्नुपरेको भए धेरै दिन पनि लाग्ने थियो, धेरै खर्च पनि हुने थियो। तर यहाँ नि:शुल्क रुपमा एकैछिनमा धेरै परीक्षण गर्न पाइयो।’
स्वास्थ्य शिविरमा २० जना मोतिबिन्दूका बिरामीको आँखाको सफल शल्यक्रिया पनि भएको उनले बताए। स्वास्थ्य शिविरमा ३० जना चिकित्सकको टोलीले स्वास्थ्य सेवा दिएका थिए।
प्रतिक्रिया दिनुहोस !