सर्लाहीमा लाखौंको अवैध कपडा बरामद

सर्लाहीमा लाखौंको अवैध कपडा बरामद

मलंगवा : सर्लाहीमा लाखौंको अवैध कपडा बरामद गरिएको छ। सर्लाहीको पश्चिम क्षेत्र बलरा नगरपालिका-३ बाट सशस्त्र प्रहरीले लाखौं मूल्य बराबरको अवैध कपडा बरामद गरेको छ।

भारतबाट लुकाई छिपाई ल्याउँदै गरेको कपडालाई सशस्त्रको चेकजाँच टोलीले बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी बर्दिबासबाट खटेको टोली र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट छतौनाको संयुक्त टोलीले कपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको कपडाको अन्दाजी मूल्य करिब १४ लाख २१ हजार रहेको प्रहरीले जनाएको छ। कपडासंगै प्रहरीले ओसार पसारमा प्रयोग भएका भारतीय नम्बर भएका दुईवटा मोटरसाइकल समेत बरामद गरेको छ।

 
बरामद गरिएको कपडा र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय मलंगवामा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.